हेमन्तराज काफ्ले
प्रणय दिवसको औपचारिक सुरुआत सन् २६९ मा रोमबाट सुरु भएको मानिएको छ । रोमका तत्कालीन सम्राट् क्लोडियस द्वितीयले आफ्ना सैनिकलाई प्रेम तथा विवाह गर्न रोक लगाएका थिए। सम्राट्को आदेशको उल्लङ्घन गर्दै त्यहाँका पादरी सेन्ट भ्यालेन्टाइनले प्रेमका पक्षमा बोलेपछि धेरै सैनिकको उनले सार्वजनिक रुपमा विवाह गराएका थिए। आदेश तोडेको आरोपमा उनलाई फेब्रुअरी १४ मा मृत्युदण्ड दिइएको थियो। प्रेमका लागि प्राण उत्सर्ग गर्ने उनै पादरीको सम्झनामा भ्यालेन्टाइन्स डे अर्थात् प्रणय दिवस मनाउन थालिएको हो। विश्वभरि नै यस दिनलाई उत्सवका रूपमा मनाउने गरिन्छ। नेपालमा अझै पनि खुला रुपमा प्रेमको कुरा गर्नु विपरीत लिङ्गीसँगै हिँड्नुलाई सकारात्मक रुपमा सहज रुपमा ग्रहण गरिँदैन। फेब्रुअरी १४ प्रेम गर्नेहरुका लागि बिशेष दिन अर्थात् भ्यालेन्टाइन डे मानिएको छ ।
रोमका सन्त भ्यालेन्टाइनको सम्झनामा मनाइने प्रेम दिवसको दिन हो यो । हुन त हाम्रो समाजले प्रेम दिवसलाई त्यती राम्ररी लगेको देखिदैन । यसलाई समाजमा नपचाउने तर्क पनि धेरै बिज्ञहरुले दिएका छ्न। यो दिन विशेष दिन बनेको छ युवाहरूका लागि वा युगल जोडिका लागि आजभोलि भ्यालेन्टाइनले नेपाली समाजमा पनि जरो गाड्दै गरेको छ विभिन्न मनोरञ्जनका कार्यक्रम हरु यो दिन हाम्रो देशका विभिन्न सहरहरुमा गरिएका पनि देखिएका छ्न । भ्यालेन्टाइन डे के हो र कसरि सुरु भयो त यसको प्रचलन कहाँबाट आयो रोचक विभिन्न प्रसङ्गहरु छन यसको पश्चिम् मुलुकहरुमा त नयाँ बर्षपछी धेरैले मनाउने बिदा नै भ्यालेन्टाइन डे भएको पनि बिश्वास गरिन्छ । पश्चिमा संस्कृति भएता पनि नेपालमा पनि भ्यालेन्टाइन्स डेले बिस्तारै युवा युवती बिच नजिक बनाउने एक माध्यम बन्न सफल भएको छ । १४ फेब्रुवरीका दिन मनाइने यो दिवसमा प्रेम प्रस्ताव राख्ने, प्रेम सन्देशहरु लिने दिने र जीवनसाथी नै रोज्ने पनि गरिएको पाईएको छ। धेरै जोडि यो दिवसमै बिबाह गरि घरजम गरि बसेका घटना हरु थुप्रै छ्न आजभोली।
यो दिन कहाबाट सुरुवात भयो, किन र कसरी मनाउने गरियो भन्ने कुरा कतिपयलाई जिज्ञासाको विषय पनि बन्न सक्छ । यो दिन कसरी सुरुवात भयो भन्नेमा बारेमा विभिन्न तथ्यहरु फेला परेको छन् जसको कथा निकै अनौठा तथा रोमाञ्चक पनि छ । भ्यालेन्टाइन डेको पछाडी एउटा दु:खद इतिहास लुकेको छ, जुन हामीमध्ये कतिपयलाई थाहा नहुन पनि सक्छ।
रोमका पुजारी सन्त भ्यालेन्टाइनको सम्झनामा यो दिनलाई भ्यालेन्टाइन्स डेको रुपमा मनाउने गरिएको कुरालाई नै बढी जोड दिएको पाइन्छ । इशापूर्व २६९ मा रोमका पुजारी सन्त भ्यालेन्टाइनलाई प्रेम गरेको र प्रेम गर्नेहरुको बिबाह गराएको आरोपमा राजा क्लाउडियसको आदेशमा फेब्रुअरी १४ कै दिनमा मृत्युदण्डको सजाय भयो । त्यसैले प्रेम गर्नेहरुको चाडको रुपमा यो दिनलाई भ्यालेन्टाइनको सम्झनामा भ्यालेन्टाइन्स डे मनाइन्छ । जतिबेला राजा क्लाउडियसले रोममा शासन गर्दथे त्यतीबेला त्यहाँका युवाहरुलाई प्रेम गर्न र बिबाह गर्न बन्देज लगाइएको थियो क्लाउडियसको सोच संसारलाई राज गर्ने थियो । जसका लागि उनले रोमका युवाहरुलाई सैनिकमा भर्ति गराएर युद्ध गर्दथे । तर यस्तो समय पनि आयो युवाहरु आफ्ना श्रीमतीको इच्छा र सन्तानको मायाले गर्दा युद्धमा जानका लागि सैनिकमा भर्ति हुन मान्न छाडे । त्यसैले यिनले पनि यस्तै गरे प्रेम र बिबाहमा नै प्रतिबन्ध लगाइदिए राजा क्लाउडियसले सबै चर्चहरुमा विवाह नगराउन उर्दी जारि गराए । तर सन्त भ्यालेन्टाइनलाई यो कुरा मन परेन । न त युवाहरुलाई नै यो कुरा मन परेको थियो । तर यसको बिरोध कसैले गर्न सकेका थिएनन् । यस्तैमा प्रेमका समर्थक, व्यक्तिगत स्वतन्त्रताका पक्षधर भ्यालेन्टाइन जीवनका प्रत्येक पक्षहरुलाई आनन्द र विवेकपुर्वक भोग्ने कुरामा बिश्वास राख्दथे । पादरी भ्यालेन्टाईनले राजाको कदमको बिरोध स्वरूप विवाहलाई एउटा अभियानको रुपमा चलाएका थिए । विवाह राति राति मात्रै हुन्थ्यो र उनकहाँ विवाह गर्न न बाबु आमा चाहिन्थ्यो न त साथीभाई र इष्टमित्रहरु नै । केवल भगवानलाई साक्षी राखेर विवाह गरिन्थ्यो । तर यो शिलशिला धेरै दिन रहन पाएन । उनको त्यो कामको रिपोर्ट राजाकोमा पुग्यो । राजा क्लाउडियसले उनलाई तुरुन्तै बन्दि बनाई जेल भ्यालेे लेन्टाइन अलिकति पनि डराएनन ।
क्लाउडियसले भ्यालेन्टाइनलाई जेल पठाएर उनलाई मृत्युदण्डको सजाय सुनाए । तर पनि उनि खुशी खुशी बाँचेका थिए जेलमा उनलाई धेरै मानिसहरु भेट्न आउथे जसमध्ये जेलरकी छोरी पनि एक थिइन् । भेट गर्ने क्रममै भ्यालेन्टाइन र जेलरकी छोरीको बिचमा पनि बिस्तारै आत्मियता बढ्यो र उनीहरु बिचमा प्रेम भयो । तर दुर्भाग्य भ्यालेन्टाइनलाई फेब्रुअरी १४को दिन फाँसी हुने सजायँ सुनाइयो । आफ्नो जीवनको अन्तिम दिन अर्थात् मृत्यु भन्दा अगाडी भ्यालेन्टाइनले जेलरकी छोरीलाई अन्तिम संदेश पठाएर आफु संसारबाट बिदा हुँदै गरेको जानकारी गराएका थिए । उनले चिट्ठीको अन्तमा लेखेका थिए तिम्रो भ्यालेन्टाइन अस्तायो अब त्यसैले फेब्रुअरी १४लाई भ्यालेन्टाइनको सम्झनामा भ्यालेन्टाइन डेको रुपमा मनाउन थालिएको हो । आजभोली हाम्रो समाजमा पनि यो दिन बिस्तारै बिस्तारै पच्दै गैइ रहेको छ। यो दिन प्रेम गर्ने हरुकालागी विशेष दिन हो आफुले प्रेम प्रस्ताव राख्ने र जिबनका लागि सङ्गै जिउने सङ्गै मर्ने कसम खाने दिनका रुपमा प्रचलित हुँदै छ। हुनत यो युवाहरुका लागि विशेष अबसर जस्तै भए पनि प्रेम र बासना हाम्रो समाजमा अझै खुलेर कुरा गर्न पाईदैन । हाम्रो समाज अनि हाम्रो प्राचीन सस्कार र सभ्यता अरु भन्दा पृथक छ । हाम्रो कृष्ण लिला राम लिला शिव पार्बतीका प्रेम काहानी हरु पनि कुनै अरु प्रेम कहानी भन्दा कम छैन। प्रेम बिना जीवन जो कोहिको होस अपुरो हुन्छ। त्यसैले हाम्रो समाज समय अनुकुल परिबर्तन हुनु पर्छ । प्रणय दिवस एक उत्सबको रुपमा युवाहरुले लिएकाले यसलाई बिकृतीको रुपमा नमानी नयाँ नौलो आयामिक समय अनुकुल बनाउन सक्नु पर्छ सबैले।यो दिनलाई नकारात्मक भन्दा पनि एक सकारात्मक प्रेम बाड्ने दिनका रुपमा अरु पर्व जस्तै मनाउन सक्नु नै युवाका लागि नया आयामिक हुने थियो र प्रेम सब्दलाई लाई हामी सबैले सहज लिनु पर्छ । प्रणय दिवसको सबैलाई शुभकामना जय होस प्रेमल जोडिहरुको जिवन्त अजर अमर बनोस कहानी जोडि प्रेमको।