मनाइयो मोहम्मद डे

नेपालगन्ज- विश्वभरका इस्लाम धर्मावलम्वीहरुले आइतबार १४९४ हिजरी औं मोहम्मद डे मनाएका छन् । इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद पैगम्बर सल्लाह अलैवसल्लामको जन्म जयन्ती (मोहम्मद डे) नेपालगन्जमा पनि धुमधामले मनाइएको छ । त्यसक्रममा आइतबार दिनभर बाजागाजा र झण्डा सहितको रयाली निकालिएको थियो ।


इस्लामी पात्रोको तेस्रो महिना रविउल्ल अवलको १२ तारिखको दिन नेपाली मुसलमानसहित विश्वभरिका मुसलमान धर्मावलम्बीले विभिन्न धार्मिक कार्यक्रम गरी मोहम्मद डे मनाउँदै आएको इस्लाम धर्मका गुरु मौलाना अब्दुल जब्बार मञ्जरीले बताएका छन् ।


हजरत मोहम्मदको जन्म इस्लामी पात्रो हिजरी सम्वत्को रविउल्ल अवल महिनामा साउदी अरबको मक्कामा बिबी आमिनाको कोखबाट भएको विश्वास गरिन्छ । उनको निधन ६३ वर्षको उमेरमा साउदीकै मदिनामा भएको थियो । मोहम्मदको जन्मदिनमा विभिन्न नाअत शरिफ वाचन गर्ने तथा उहाँका उपदेश र वाणीको स्मरण गर्ने गरिन्छ ।

प्रतिक्रिया

प्रतिक्रिया