अब सित्तैमा ध्यान प्रशिक्षण

नेपालगन्ज – ओशो जीवन जागृति केंद्र नेपालगंजको पहिलो ध्यान कार्यक्रम बिधिबत रुपमा आजबाट सुरु भयो ।

ध्यान नै जीवन हो ध्यान बिना जीवन अपुरो छ भन्दै ओशो धारा मैत्री संघ चितवन आचार्य श्री मैत्री बाबाको अनुमतीमा नेपालगन्जका केही बौद्धिक ब्याक्तित्व हरुको साथमा सनिवार सधै साझ पाँच बजे दिखि ६ बजे सम्म ध्यान गर्ने योजना गरेको छ। ध्यान निसुल्क गराउने छ।ध्यान बस्नु भनेको कुनै पनि कुरामा एकाग्र हुनु भनेर सोच्छौं हामी । तर, ध्यानको अर्थ त्यस्तो होइन । चलनचल्तीमा मेडिटेशन भनिने ध्यानको अर्थ र महत्त्व निकै गहन छ । जापानीहरुका झेन र चीनको च्यान शब्द नै ध्यानको अपभ्रंस शब्द हो ।

अंगे्रजीमा ध्यानलाई मेडिटेशन पनि भन्ने गरिन्छ । ध्यानलाई जे जसरी सम्बोधन गरे पनि यसको मुख्य अर्थ भनेकै जागरुकता, जनचेतना, होस, साक्षी भाव तथा दृष्टा भाव हो । योगमा विभिन्न अंगहरु हुन्छन् ।

जसमध्ये आठौ अंग हो, ध्यान । ध्यानमात्र यस्तो तत्व हो जसलाई मानिसहरुले स्वतः स्फूर्त रुपमा सध्रने विधिका रुपमा उपयोग गर्छन् भनेर ओशो साधक हेमन्त राज काफले ले सबैलाई जानकारी दिएका थिए ।

ध्यानका लागि पुस्कr खडका, मेघ बहादुर बिस्ट, कृष्ण पाण्डे , किरण कुमार महरा, माम राज पथिक ,माया गिरि, हेमन्त राज काफले अनि अमेरिकी नागरिक केल्सि बिग्बीको सहभागितामा यो ध्यान केन्द्रको सुरुवात गरियो अब सनिवार नियमित ओशोका ध्यानहरु गराईने ओशो साधक किरण कुमार महराले जानकारी दिएका छ्न।

प्रतिक्रिया

प्रतिक्रिया