‘विकासमा सहकार्य गर्छु’ – मन्त्री राइ

नेपालगन्ज – सहरी विकास मन्त्री मो. इस्तियाक राइले महिला पत्रकारहरुसँगको भेटघाटमा विकासमा महिला पत्रकारहरुसँग सहकार्य गर्ने बताएका छन् ।


बिहीबार नेपालगन्जमा आयोजित विकासमा महिला पत्रकारको भूमिका विषयक अन्तरक्रियामा बोल्दै मन्त्री राइले एसियाली विकास बैकसँग नेपाल सरकारले ऋण लिएर नेपालगन्जलाई सुन्दर नगरी बनाउन ३ हजार रुख विरुवा रोपेको बताएका थिए । वातावरणी प्रदुषण तथा ध्वनी प्रदुषण हटाउनको लागि अभियान चलाएको मन्त्री राईको भनाइ थियो ।


महिला पत्रकारहरुसँगको भेटघाटमा महिला पत्रकारहरुको क्षमता अभिवृद्धि तथा तालिम दिन आफुले सहयोग गर्ने र शहरी विकास मन्त्रालयमा सहयोग गर्ने बताए । संचारिका समुह बाँकेको आयोजनामा भएको कार्यक्रममा पाँच नम्वर प्रदेशको उपाध्यक्ष तथा बाँके अध्यक्ष रुपा गहतराजको अध्यक्षतामा भएको थियो ।


कार्यक्रममा नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष ठाकुर थारु, महिला सञ्चार समुह अध्यक्ष अक्षरी पोख्रेल, ठकुरी समाज सञ्जालको अध्यक्ष करुणा शाहले विकासमा महिला पत्रकारको भूमिकाका विषयमा बोलेका थिए ।

प्रतिक्रिया

प्रतिक्रिया