‘लक्ष्य हासिल गर्न सहयोग आवश्यक’

नेपालगन्ज – जिल्ला न्यायाधीश खडानन्द तिवारीले लक्ष्य अनुसार उपलब्धी हासिल गर्न सबैको सहयोग आवश्यक हुने बताएका छन् । बाँके जिल्ला अदालतले मंगलबार छैठौ बार्षिक कार्यायोजनाको कार्यान्वयनको बिषयमा मंगलबार सरोकारवालासंग आयोजना गरेको अन्तरक्रियामा बोल्दै जिल्ला न्यायाधीश तिवारीले अदालतको लक्ष्य हासिल गर्न सरोकारवाला पक्षहरुको सहयोग पनि उत्तिकै महत्वपूर्ण रहने बताएका हुन् ।

अदालतले राखेको निर्धारित लक्ष्य अनुसारको उपलब्धी हासिल गर्नमा देखिएका समस्याहरुको पहिचान गरि अदालतको काम कारवाहीलाई सहज र प्रभावकारी बनाउने बिषयमा न्याय सम्बद्ध सरोकारवाला पक्ष बिच छलफल गरिएको जिल्ला न्यायाधीश तिवारीले जानकारी दिए । विभिन्न कारणले लक्ष्य अनुसारको उपलब्धी हासिल गर्न नसकिएको भन्दै न्यायाधीश तिवारीले लक्ष्य हासिल गर्न सबैको आवश्यक सहयोग र समन्वय आवश्यक रहेको बताए ।


मुद्दाको चापको तुलनामा आवश्यक दक्ष कर्मचारकिो अभाव, चाडवाडको बिदा, सरकारी मुद्दामा वादी पक्षले समयमै साक्षी उपस्थिति नगराइदिने समस्या, अदालतले मागेका प्रमाण कागजात सम्बन्धित कार्यालयले समयमै नपठाउने समस्या लगायका कारण अदालतले लक्ष्य अनुसार उपलब्धी हासिल गर्न नसकेको न्यायाधीश तिवारीले जानकारी दिए ।


कार्यक्रममा नेपालगन्ज उच्च बारका अध्यक्ष बिकास आचार्य र जिल्ला बार अध्यक्ष मोहम्मद अयुव सिद्धिकीले जाहेरी दरखास्तमा नाम भएकै आधारमा अदालतले कसैलाई आधार र प्रमाण नखुलाई पक्राउ पूर्जिको अनुमति दिन नहुनेमा जोड दिएका थिए । तथ्य र प्रमाणबाट अपराधिक कार्यमा संलग्नता देखिए मात्र पक्राउ पूर्जि जारी गन अनुमति दिनु पर्ने उच्च बार अध्यक्ष बिकास आचार्यले बताए ।


जिल्ला सरकारी वकिल याम बहादुर बानिया र जिल्ला प्रहरी कार्यालय बाँकेका मुद्दा फाँटका प्रहरी निरिक्षक दिपक मल्ल्ले पक्षले जथाभावी जाहेरीमा नाम लेख्ने गरेको र अपारधिक घटनामा परिवारका एक जना संलग्न भए पनि रिसइबिका कारण सबै परिवारको नाम लेख्ने गर्नाले समस्या पर्ने गरेको बताए ।


समिक्षा कार्यक्रममा मालपोत कार्यालयका कर्मचारीको लापरवाहीका कारण रोक्का रहेको जग्गालाई पनि यदाकदा रोक्का नरहेको भन्ने गर्नाले समस्या उत्पन्न हुने गरेकोले यसमा मापपोत कार्यालय चनाखो हुनु पर्ने र अदालतको आदेश कार्यान्वयनमा प्राथमिकता दिन अदालतका कर्मचारीहरुले आग्रह गरेका थिए । कर्मचारी कमायोजनका कारण अनुभव नभएका कर्मचारी आउनाले काममा समस्या परेका मालपोट अधिकृतले बताए ।


समिक्षा कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला न्यायाधीश खडानन्द तिवारीले प्रहरीले मुद्दामा म्यादथप, थुनछेक बयान, साक्षी वकपत्र कुन प्रयोजन र कुन समयमा उक्त कार्य हुने हो त्यसको बिचार गरेर थुनुवालाई अदालतमा उपस्थित गराउन प्रहरीलाई आग्रह गरेका थिए । अदालतका कर्मचारीले प्रहरी र सरकारी वकिललाई अभियोग दर्ता गराउन ल्याउदा वरामद भएको दशि प्रमाण अभियोगपत्र र मिसिलको साथैमा ल्याउन समेत आग्रह गरेका थिए ।


समिक्षा कार्यक्रममा बाँके जिल्ला अदालतका न्यायाधीशहरु खडानन्द तिवारी, राजेन्द्र नेपाल, धनेश्वर पौडेल, दुर्गा प्रसाद भुषाल, राम प्रसाद वश्याल,दिलिपराज पन्त, श्रेस्तेदार यदुनाथ शर्मा, जिल्ला न्यायाधिवक्ता याम बहादुर बानिया,नेपालगंज उच्च बारका अध्यक्ष बिकाश आचार्य, जिल्ला बार अध्यक्ष मोहम्मद अयुव सिद्धिकी, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरिक्षक दिपक मल्ल, इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरिक्षक शन्तोष रोका लगायत न्यायिक तथा अर्ध न्यायिक निकायका प्रमुख तथा प्रतिनिधिहरुकोहरुको सहभागिता रहेको थियो । कार्यक्रमका सहभागीहरुले न्याय सम्पादनमा क्रममा आईपर्ने चुनौतीको समाधान गर्दै आपसी समन्वय र सहकार्यमा प्रभावकारी न्याय सम्पादनमा जोड दिएका थिए ।


कार्यक्रमको समापन गर्दै जिल्ला न्यायाधीश तिवारीले सबैको उद्देश्य छिटो छरितो न्याय सवैको लागी न्याय भएको आपसी समन्वय र सहकार्यमा न्याय सम्पादनको कार्यलाई प्रभावकारी बनाउनु पर्नेमा जोड दिएका थिए ।

प्रतिक्रिया

प्रतिक्रिया