नेपालगन्ज – सांग्रिला डेभलपमेन्ट बैंकले आफ्नो आफ्नो १५ औं बार्षिकोत्सवको अवसरमा आइतबार रक्तदान कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा १ सय ६ जनाले रक्तदान गरेको बैंकले जानकारी दिएको छ ।
बैंकले बार्षिकोत्सवकै अवसर पारेर १० बर्ष निरन्तर बैंकमा सेवा गर्ने कर्मचारीहरुलाई सम्मान गरेको क्षेत्रीय प्रबन्धक जयन्द्र खड्काले जानकारी दिएका छन् । बैंकले १० बर्ष सेवा पूरा गरेका ३१ जनालाई समान गरेको हो ।











