बर्दिया – अध्यनका लागी जापान पुगेका बारबर्दिया नगरपालिका वडा नम्बर ६ बर्दियाका स्वर्गीय रामहरि घिमिरेका परिवारलाई आइतबार एक अनौपचारिक कार्यक्रमका बिच आर्थिक सहयोग गरिएको छ ।
जापानमा अध्यनरत रामहरि घिमिरेको २०७६ असोज ११ मृत्यु उपचारको क्रममा जापानमा मृत्यु भएको थियो । स्वर्गीय घिमिरेको पार्थिव शरिरलाई नेपाल पठाउन सहयोग गरेको बाँके बर्दिया मैत्री समाज जापानले शब पठाउनको लागि संकलन गरेको आर्थिक सहयोगको बाकी रकम आइतबार हस्तान्तरण गरेको हो ।
बाँके खजुरा गाउँ पालिका वडा नम्बर एकका वडा अध्यक्ष सुमन मल्ल र बारबर्दिया नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष कर्ण बहादुर बिकको रोहवरमा बाँके बर्दिया मैत्री समाजका पदाधिकारीले सो रकम स्वर्गीय घिमिरेको बुवालाई घिमिरे निवासमै पुगि हस्तान्तरण गरेको हो ।
स्वर्गीय घिमिरेको शब नेपाल पठाउने क्रममा संकलन गरेको रकम शब पठाइसके पछि बचेको पाँच लाख १६ हजार रुपैयाँ समाजका बरिस्ठ उपाध्यक्ष अर्जुन थापा , खजुरा वडा नम्बर एकका वडा अध्यक्ष सुमन मल्ल र बारबर्दिया वडा नम्बर ६ का अध्यक्ष बिकले संयुक्त रुपमा उक्त सहयोग रकम हस्तान्तरण गरिएको थियो ।
कार्यक्रममा बोल्दै वडा अध्यक्ष बिकले बाँके बर्दिया मैत्री समाज जापानले गरेको कार्य सर्हानिय रहेको र यस्ता कार्यको सिको सबैले गर्नुपर्ने धारण व्यक्त गर्नुभएको थियो । परदेशमा हुने यस्ता दुर्घटना र भब्यतब्यमा परेर ज्यान गुमाउँदा परिवारले मुख पनि हेर्न नपाउने अवस्था आउँदा समाजले जापानमा सकृयता देखाएर सहयोग गरेकोमा धन्यवाद समेत ब्यक्त गर्नुभएको थियो ।
त्यस्तै , समाजका वरिष्ठ उपाध्यक्ष अर्जुन थापाले समाज स्थापनाकाल सम्झिदै यस्तै बाँके बर्दियाबासिको दुखमा मल्हम लाउनकै लागी समाजको स्थापना गरिएको बताए , – ‘आज भन्दा चार बर्ष अगाडी यस्तै दुख पर्दा काम आउनेछ भनेर नै यो संस्थाको स्थापना भएको हो ।साथै स्वर्गीय घिमिरेको शबलाई नेपाल पठाउनको लागि सबैले आफ्नो आफ्नो स्थान देखि सहयोग गर्नुभयो त्यसका लागि सबै लाई धन्यवाद भन्न चाहन्छु ‘ थापाले भने ।
समाजका सल्लाहकार ओम प्रकाश देवकोटाले दुखमा नै यस्ता समाजको आवश्यकता पर्ने भएको जिकिर गर्दै समाजका अध्यक्ष सुशील मल्लले यो अभियानको लागि गर्नुभएको मेहनतको सम्झना गरेका थिए । कार्यक्रममा बाँके बर्दिया मैत्री समाजका उपाध्यक्ष बिनोद ओलि ,सचिब रोम पौडेल ,उत्तम खनाल, संस्थापक सदस्य गोकुल कडेल लगायतका ब्यक्तिहरुको उपस्थिति रहेको थियो ।