खम्वप्रसाद पुन /नेपालगन्ज:
बाँकेको खजुरा गाउँपालिकाले चाडपर्वको अवसर पारेर शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रमको आयोजना गरेको छ । नेपालीहरुको महान चाड बिजयादशमी, दिपावली, नेपाल सम्बत, छठ पर्व, मोहम्मद डे को उपलक्ष्यमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रममा संघीय सांसद नन्दलाल रोकाय, प्रदेश नं ५ का सांसद बाबुराम गौतम, आईपी खरेल, पूर्ब सिंचाई राज्य मन्त्री दलबहादुर सुनार लगायत खजुरा निवासी बिभिनन रानितिक दलका प्रतिनिधी, समाज सेबी, नागरिक समाज स्थानीयको उपस्थिति रहेको थियो ।
गाउँपालिकाले आयोजना गरेको कार्यक्रममा बोल्दै संघीय सांसद नन्दलाल रोकायले सबै जात जाती, धर्मका समुदायलाई आपसमा मिलेर अगाडी बढ्नु पर्ने सन्देश दिएको उल्लेख गरे ।
खजुरा गाउँपालिकामा बसोवास गर्ने सबै वर्गका समुदायलाई आ आफ्नो जात, धर्म अनुसारको पर्वको उपलक्ष्यमा शुभकामना दिदै खजुरा गाउँपालिका प्रमुख किस्मत कुमार कक्षपतिले गाउँपालिकाले आयोजना गरेको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रमले समृद्ध खजुरा , सुखी खजुराको परिकल्पना पुरा गर्न सबै खजुरेली बिकासमा एकजुट हुनुपर्ने सन्देश दिएको बताए । कार्यक्रममा स्वागत गर्दै खजुरा गाउँपालिका उप प्रमुख एकमाया बिकले सबै जात जाती धर्मका समुदायलाई सबै नेपाली एक हौ भन्ने सन्देश दिएको बताईन् ।