प्रजिअ कुरुम्वालाई बिदाई

बर्दिया – जिल्ला प्रशासन कार्यालय बर्दियाका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्गलाई बर्दियाका ८ वटै स्थानीय तहका जनप्रतिनिधि तथा कार्यालयका कर्मचारीद्वारा एक कार्यक्रमको आयोजना गरि भब्य सम्मानका साथ विहिवार बिदाई गरिएको छ ।


बर्दियाको गुलरिया, मधुवन, ठाकुरबाबा, राजापुर, बाँसगढी, बारबर्दिया नगरपालिका, बढैयाताल र गेरुवा गाउँपालिका गरि आठ वटा स्थानीय तह लगायत सरकारी कार्यालयको संयुक्त आयोजनामा आयोजित एक कार्यक्रमका बिच प्रजिअ रामबहादुर कुरुम्बाङ्गलाई सम्मान पत्रका साथ बिदाई गरिएको हो ।


झण्डै साढे एक वर्षको बर्दिया बसाईका क्रममा सुशासन कायम राख्दै, अनियमितता, ढिलासुस्ती, भ्रष्टाचारका विरुद्ध अग्रसर हुँदै नागरिकको हितमा काम गर्ने र बर्दियाको विकासमा निरन्तर लागी पर्नु भएको भन्दै प्रजिअ कुरुम्बाङ्गलाई सम्मान गरिएको मधुवन नगरप्रमुख गणेश केशीले बताए ।


सम्मान ग्रहण गर्दै प्रजिअ कुरुम्बाङ्गले नागरिकको हितमा काम गर्नु पर्ने बताउँदै बर्दिया रहँदासम्म सुशासन कायम राख्दै, भ्रष्टचार, कालोबजारी, चोरीनिकासीको अन्त्य गर्दै बर्दियाको विकासका लागि दिनरात खटिएको र अब जाने जिल्लामा पनि खटिरहने बताए । आफु जहाँ गएपनि नागरिकको हितमा काम गर्ने भएकाले र जिल्ला प्रशासन कार्यायबाट प्रदान गर्ने सेवा गाउँमै नागरिक सेवा भन्दै एकिकृत घुम्ती सेवा शिविरबाट पनि नागरिकलाई गाउँमै सेवा दिन जाँदा सम्पुर्ण जनप्रतिनिधि, राजनितिक दल, संचारकर्मी, कर्मचारी स्थानीय लगायतको ठुलो सहयोग पाएको उनले बताए ।


बर्दियामा बहुसरोकारवाला बिवाद, मुक्तकमैया बिचको भुमि विवाद, सिमा सम्बन्धि विवाद, हुलकाी सडक, मानव वन्यजन्तु बिच द्वन्द्व लगायतका थुप्रै विवादमा पनि संवाद समुह बर्दियाले सहजीकरण प्रकृया अघि बढाउँदा समेत प्रजिअले गरेको सहयोगको संवाद समुह सदस्य विष्णु थारुले प्रशंसा गरे । कार्यक्रममा बार एशोसिएसन बर्दियाका अध्यक्ष देबिदत्त देवकोटाले प्रजिअ रामबहादुर कुरुम्बाङ्ग प्रति लक्षित गर्दै प्रस्तुत गरेको यो भावनात्मक कविता प्रस्तुत गरेका थिए ।
प्रजिअ कुरुम्बाङ्गले छिटो छरितो नागरिककै हितमा काम गर्ने, विकास निमार्णमा भएका ढिलासुस्तीको अन्त्य गर्ने, बजार अनुगमन गर्ने, चोरीनिकासी रोक्ने जस्ता उदाहणिय काम गरेको भन्दै बर्दिया जिल्लाबासी पनि खुसी भएका थिए ।


प्रजिअ कुरुम्बाङ्गको बिदाई प्रतिनिधी सासंद बिमला बिकको प्रमुख आतिथ्यता, प्रदेश ५ सांसद कुलप्रसाद पोख्रेल, जिल्ला समन्वय समिती बर्दियाका प्रमुख शंकरप्रसाद थारुको विशिष्ट आतिथ्यता तथा गुलरिया नगरपालिकाका नगरप्रमुख मुक्तिनाथ यादवको सभापतित्वमा कार्यक्रम भएको हो । देशभरका राष्ट्रसेवक कर्मचारीहरुको प्रतिस्पर्धा सन् २०१८ का इन्टिग्रीटी आईडल आईडलमा कुरुम्बाङ्ग बर्दिया जिल्लामा रहँदा विजेता हुन सफल समेत भएका थिए ।

प्रतिक्रिया

प्रतिक्रिया