बाल विवाह विरुद्ध किशोरी

नेपालगन्ज – बाँके जिल्लामा पछिल्लो समय बाल विवाहका घटनाहरु बढ्दै गएपछि त्यस विरुद्ध बिभिन्न खालका अभियानहरु पनि संचालन हँुदै आएका छन् । केही बर्ष यता बाल अधिकार र बाल विवाहको विषयमा चर्चा परिचर्चा संगै बाल अधिकार तथा बाल संरक्षणका लागि बिभिन्न अभियानहरु संचालन हुँदै आएका छन् ।


अभियानमा बिभिन्न संघ संस्थाहरुको सहयोगमा बालबालिका, बिशेष गरि किशोरीहरु सक्रिय रुपमा लागेको पाइन्छ । बाँकेका सबै स्थानीय तहमा किशोरी क्लब गठन भइ वालबिबाह बिरुद्धको अभियानमा सक्रिय हुदै आएका छन् । किशोरी क्लब अन्र्तगतको खजुरा गाउँपालिका वडा नं. ३ को लगनसिल किशोरी क्लब एक हो । खजुरा वडा नं. ३ का छोरीहरु किशोरी क्लबमा संगठित भइ बाल विवाह बिरुद्ध आवाज उठाउने अभियानमा मात्रै नभइ बालबालिकाको समर्ग अधिकार सुरक्षित गर्ने अभियानमा सक्रिय भएर लागेका छन् ।


खजुरा क्षेत्रमा बाल विवाहको समस्या बढ्दै गएपछि किशोरी क्लब त्यसको रोकथामका लागि अभियानकै रुपमा अगाडि सरेको छ । बाल विवाहका कारण बालबालिकाहरु पढ्ने लेख्ने तथा आधारभुत बाल अधिकारको अबसरबाट समेत बन्चित हुने अबस्था उत्पन्न भएपछि बाल बिबाह बिरुद्धको अभियानमा सक्रिय भएको लगनसिल किशोरी क्लब संजाल खजुराकी अध्यक्ष मञ्जु थापा मगर बताउँछिन् ।


बालबालिकाले आफैले गरेको होस् वा अभिभावकले गराइदिएको, बालविवाह रोक्नु आफैंमा चुनौतीपूर्ण काम भएको बताउदै बिभिन्न जोखिम मोलेर अभियानमा लागिरहेको थापाको भनाइ छ । करिब १ बर्ष पहिले स्याक नेपालले गठन गरेको उक्त किशोरी क्लबले बाल बिबाह रोक्थामका लागि बिभिन्न अभियानहरु संचालन गर्दै आएको छ ।


सुरुसुरुमा साना बालबालिका त हुन् यिनिहरुले के गर्न सक्छन् भन्ने सोचाइ बोकेर सबैबाट खासै सहयोग नपाएको किशोरी क्लब निरन्तर रुपमा आफ्नो अभियानमा सक्रिय भएकै कारण अहिले गाउँपालिका, वडा कार्यालय, इलाका प्रहरी कार्यालय लगायतका निकायबाट राम्रो सहयोग पाइरहेको छ । किशोरी क्लबलाई खजुरा गाउँपालिका वडा नं. ३ ले कार्यालय संचालनका लागि एउटा छुट्टै कोठा उपलब्ध गराएको छ । किशोरी क्लबको कार्यालयमा स्याक नेपालले २ वटा कम्प्युटर र इन्टरनेटको ब्यवस्था गरेको छ । बाल बिबाह बिरुद्ध किशोरी क्लबले गरेको कामको कतैबाट प्रसंसा हुदै आएको छ त कतैबाट बिभिन्न खाल्का धम्कि आउने गरेको किशोरीहरु बताउँछन् ।


गाउँमा बालविवाह रोकिएको भोलिपल्टदेखि नै किशोरीहरुलाई मार्ने सम्मको धम्कीसमेत आउने गरेको बाल विवाह विरुद्धका अभियान्ताहरु बताउँछन् । किशोरी क्लब बिगत ५÷६ महिनाको अवधीमा मात्रै अहिलेसम्म आधा दर्जन बालविवाह रोक्न सफल भएको छ ।

बालबालिकाको अभिभावकहरुले बालबालिकाका बिभिन्न आवश्यक्ता सहज रुपमा पुरा गरिदिनाले पनि बाल बिबाहका घटनाहरु बढ्दै गएको लगनसिल किशोरी क्लब खजुराकी सचिब सबिता गुरुङ्गले बताइन् ।
स्कुल तथा कलेज पढ्दै गरेका सानै उमेरका बालबालिकाहरुले गरेको माग पुरा गर्ने नाममा सबैको हातहातमा मोबाइल हुनु र त्यस्को दुरुपयोग हुनु बालबिबाहको मुख्य कारण भएको उनको भनाइ छ ।

सामाजिक संजाल पनि बाल बिबाहको अर्को कारण भएको भन्दै उनले बताइन् । खजुरा गाउँपालिकामा २ बर्षको अवधिमा ५४ वटा बाल बिबाह भएको तथ्यांक छ । अरुको देखासिकी र लैलैमा लागेर भागेर जाने समस्या रहेको किशोरी क्लबकी अध्यक्ष मञ्जु थापा मगरले बताइन् । बाल बिबाह बिरुद्ध गाउँपालिकाको बिभिन्न क्षेत्रमा सटक नाटक, ¥याली, अन्र्तक्रिया तथा छलफल लगाएतका गतिबिधिहरु किशोरी क्लबले संचालन गर्दै आएको छ । नेपालको कानुनले २० बर्ष नपुगि गरिने बिबाहलाई बाल बिबाह मानेको भए पनि प्रयाजसो उमेर नपुगे पनि बिबाह गर्ने चलन छ ।


छोरीहरुले भागेर बिहेवारी गर्दा परिवारको बदनामी हने भएकाले अभिभाबकहरुलाई आफ्ना छोरीहरु १६ बर्ष पुग्ना साथ बिहेबारी गरिसक्नुपर्ने कतिपय अभिभावकहरुको बुझाइ रहेको छ । पढाई लेखाई गरेर परिपक्क भएर मात्रै बिहे गर्दा बिहेबारी गर्ने केटाकेटी मात्रै नभएर समाजका लागि पनि राम्रो हुने भएकाले नेपाल सरकारले बिहेबारीका लागि २० बर्ष उमेर निर्धारण गरेको भएपनि सबै ठाउँमा ब्यबहारमा लागु हुन नसकेको किशोरीहरुको भनाइ छ ।


मुलुकी अराध संहिता ऐन २०७४ को दफा १७४ ले विवाह गर्नका लागि केटा केटीको उमेर २० बर्ष हुनु पर्ने ब्यबस्था गरेको छ । २० बर्ष नपुगी गरेको विवाह स्वतः बदर हुने र बिबाह गर्ने, गराउनेलाई ३ बर्ष सम्म कैद र तीस हजार सम्म जरिवाना हुने कानुनी ब्यबस्था छ । कानुनी ब्यबस्था जे भएपनि गल्ति गर्नेलाई कानुनी सजाय नभइ छुट हुनुले पनि यस्तै त हो भनेर समस्या झन बढिरहेको किशोरीहरुको गुनासो छ ।


किशोरी क्लब संजालले बाल बिबाह अन्त्यका लागि र्याली, सडक नाटक, चित्रकलाका लागि स्थानीय तह, प्रहरी प्रशासनमा त्रापन पत्र बुझाउने जस्ता क्रियाकलाप गर्दै बिभिन्न सचेतना मुलक कार्यक्रमहरु संचालन गर्दै आएको क्लबकी अध्यक्ष मन्जु थापा मगरले बताइन् । किशोरी क्लबको सक्रियता तथा पहलको कारण गाउँपालिकाले यो बर्ष बाल बिबाह रोक्थामका लागि बजेट समेत छुट्टयाएको उनले बताइन् । बिभिन्न खालका जोखिम तथा समस्याका बाबजुत अभियानलाई निरन्तर्ता दिदै आएको बताउदै अभियानमा जनप्रतिनिधि, कर्मचारी तथा अभिभावकहरु सबैले साथ दिन थालेको किशोरी क्लबकी सचिब सबिता गुरुङ्गको भनाइ छ ।

प्रतिक्रिया

प्रतिक्रिया