मलेसिया हिडिन् नेपालगन्ज उप-प्रमुख

नेपालगन्ज उप महानगरपालिका का उप प्रमुख उमा थापा मगर साताैं एशिया प्रशान्त अर्वन फाेरममा भाग लिन आज मलेसिया तर्फ प्रस्थान गर्नुभएको छ ।

मलेसियाकाे पेनगं सहरमा अक्टुबर १४ देखि १७ सम्म अायाेजना हुने साताैं एशिया प्रशान्त अर्वन फाेरममा नेपालकाे तर्फवाट भाग लिनकाे लागि त्यस तर्फ प्रस्थान गर्नुभएको हाे ।

एशिया क्षेत्रका साझेदारहरूलाई परिचालन गर्न एशियाभरिका शहरहरूकाे दिगाे भविष्य प्राप्त गर्न र कार्यन्वयनकाे गतिलाई जाेड दिने उद्देश्यले साे कार्यक्रम काे आयाेजना गरिएकाे हाे ।
एशिया प्रशान्त अर्वन फाेरम आयाेजना भएदेखि प्रत्येक ५/५ वर्षमा हुने यस फाेरम शहरी सराेकारवालाहरूकाे सवै भन्दा ठुलाे क्षेत्रीय भेला हुने छ ।

भेलाले भविष्यकाे शहर रिपोर्ट चार प्रमुख विकास चुनाैतिहरू प्राकृतिक स्राेत ब्यवस्थापन, जलवायु परिवर्तन, प्रकाेप जाेखिम र बढ्दाे असमानताकाे लागि चार वटा महत्व विषयमा केन्द्रित रहेर छलफल गर्ने छ ।

कार्यक्रममा एशिया प्रशान्त क्षेत्रका जनप्रतिनिधि,कर्मचारी, नागरिक समाज र संघ संस्थाका करिव ४ हजार भन्दा वढिकाे सहभागिता रहने छ भने नेपाल वाट यस कार्यक्रममा भाग लिन उप प्रमुख उमा थापा सहित १६ जनाले भाग लिने छन ।

प्रतिक्रिया

प्रतिक्रिया