सुरु भो रामलीला

नेपालगन्ज – विजयादशमीको घटस्थापनासँगै आइतबारबाट नेपालगन्जमा रामलीला सुरु गरिएको छ । प्रत्येक वर्ष झैं यसबर्ष पनि रामबाग स्थित रामलीला मैदानमा रामलीला मञ्चन सुरु गरिएको हो ।

रामायणमा आधारित लीला प्रत्येक दिन राती ८ वजेदेखि रामको राज्याभिषेक गरुन्जेलसम्म जारी रहनेछ । भारतको वृन्दावनबाट राधारमण शर्माको नेतृत्वमा २१ जनाको टोलीले रामलीला मञ्चन गरिरहेका छन् । नेपालगन्जमा रामलीला आयोजना गरिएको १ सय ५२ औं पटक हो ।

प्रत्येक दिन रामलीला अवलोकनका लागि सयौं सर्वसाधारण रामलीला मैदान पुग्ने गरेका छन् ।

प्रतिक्रिया

प्रतिक्रिया