तिम्लिया बच्चा र आमाको स्वास्थ्य सुधार हुँदै

दार्चुलाबाट हेलिकप्टरबाट उद्दार गरि ल्याइएका बच्चा र आमाको स्वास्थ्य सुधार आउँदै

कृष्ण अधिकारी / नेपालगन्ज
दार्चुलाबाट नेपाली सेनाको हेलिकोप्टरबाट उद्दार गरि थप उपचारका लागि नेपालगन्जको भेरी अस्पतालमा ल्याइएका तिम्लिया तीन वटा बच्चा सुत्केरी आमाको स्वास्थ्य अबस्थामा क्रमिक रुपमा सुधार भइरहेको छ । दार्चुलाको नौगाड गाउपालिका–२ की २५ वर्षीया मानमती धामी र उनका तिम्लिया बच्चाहरुलाई हिजो नेपाली सेनाको हेलिकोप्टरबाट उद्दार गरि नेपालगन्ज ल्याइएको थियो ।

उद्दार गरि ल्याइएका तिम्लिया बच्चाहरु समय भन्दा एक महिना पहिले नै जन्मिएका कारण निक्कै कम तौल र आमाको दुध चुस्न सम्म नसक्ने अबस्था छन । तिम्लिया बच्चालाई भेरी अस्पतालको एनआइसियुमा राखेर उपचार र हेरचाह सुरु गरिएको छ । कम तौलका बच्चाहरुमा शरिरको तापक्रम मेन्टेन गर्न गाहे हुने समस्या धेरै हुने भएकाले आइसियुमा राखेर उनीहरुको तापक्रम मेन्टेन गर्ने र तालिम प्राप्त स्वास्थ्यकर्मीहरुबाट औषधी र दुध खुवाउने ब्यबस्था मिलाइएको छ ।

तिम्लिया बच्चा मध्ये पहिलो बच्चाको तौल १७५० ग्राम, दोस्रो बच्चाको १०८० ग्राम र तेस्रो बच्चाको तौल १०५० ग्राम छ । एनआइसियुमा राखेर उपचार सुरु गरिएका तिम्लिया बच्चाको स्वास्थ्य अबस्था सामन्य रहे पनि तौल कम भएका कारण आफै आमाको दुध चुस्ने अबस्थामा नहुदा सम्म अस्पताल मै राखेर उपचार र हेरचाहा गर्नु पर्ने अस्पतालका बालरोग बिशेषज्ञ डा कुलदिप गोहितले बताउनु भयो ।

स्वस्थ बच्चाको जन्मिने बेलाको तौल २५०० ग्राम भन्दा बढी नै हुनु पर्छ । गर्भबती भए पछि मानमति २ पटक गर्भबती चेकजाच गराउन नजिकको स्वास्थ्य संस्थामा गएकी थिइन् । तर उनलाई आफ्नो गर्भमा तीन बच्चा छन भन्ने थाहा थिएन ।

मानमतिले भनिन्, ‘घरमा काम गर्ने अन्य मानिस नभएका कारण मानमती भैसीलाई घास काट्न बारीमा गएकी थिइन । घासको भारी बोकेर उठ्ने बेला बासमति लडिन । घास बोक्न नसकेर लडे पछि मानमतीलाई प्रसुती ब्यथाले च्याप्न सुरु गर्यो ।’

प्रसुती बेथाले च्यापे पछि उनलाई आफन्तहरुले घर देखि एक घन्टा टाढाको दुरीमा रहेको खार स्वास्थ्य चौकीमा लगे । प्रसुती बेथा लागेको करिब दुई घन्टा पछि उनीले असोज ६ गते बिहान स्वास्थ्य चौकीमा तीन वटा बच्चा जन्मिएको उनी जेठानी धौलादेबी धामीले बताइन । जन्मिएका तीन वटै बच्चाहरु छोरी हुन । मानमति सुत्केरी भएको यो तेस्रो पटक हो । पहिलो पटक ६ बर्ष पहिले मानमतिबाट एउटा छोरी जन्मिएकी थिइन । त्यसको तीन बर्ष पछि उनको दोस्रो सन्तानको रुपमा छोरी नै जन्मिइन । तेस्रो पटकमा एकै साथ तीन वटा छोरी जन्माइएकी हुन ।

नेपाल सरकारले हिमाली र विकट क्षेत्रका गर्भवती तथा सुत्केरी महिलाहरुको जीवनरक्षाका राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्र्तगत सुत्केरी हुन समस्यामा परेका गर्भवति, सुत्केरी भए पछि पनि जटिल स्बास्थ्य समस्या भएका सुत्केरीहरुलाई गाउपालिकाको सिफारिसमा प्रमुख जिल्ला अधिकारीले समन्वय गरेर हेलिकप्टरबाट उद्दार गरेर सुविधा सम्पन्न अस्पतालमा पुराउने ब्यवस्था मिलाउदै आएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया