नेपालगन्जमा पाँच दिन विद्युत प्रसारण अनियमित हुने नेपाल विद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्रले जानकारी दिएको छ । कोहलपुरमा सब स्टेशनको क्षमता वृद्धि भैरहेकाले केही दिन विद्युत अवरोध हुन लागेको वितरण केन्द्रले जानकारी दिएको हो ।
नेपाल विद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्रले आज बिहीबारदेखि सोमबारसम्म विद्युत अनियमित हुने जानकारी दिएको हो । प्राधिकरणले शनिबार विहान ६ बजेदेखि १२ बजेसम्म विद्युत अनियमित हुने बताएको छ ।
प्राधिकरणले उपलब्ध गराएको जानकारीमा खजुरा, बसपार्क, फुल्टेक्रा, घरबारीटोल, एयरपोर्ट, बी पी र त्रिभुवन चौकदेखि उत्तर र पुरैनी देखि पूर्व विद्युत अनियमित हुने उल्लेख छ ।