भेरीमा थपिंदै पूर्वाधार

नेपालगन्जमा रहेको भेरी अस्पतालमा पूर्वाधार थपिने भएको छ । करोडौंको लागतामा अस्पताल परिसरमा नयाँ पूर्वाधारहरु बनाउन लागिएको हो ।

 
अस्पताल हाता भित्रै ३२ करोड ३१ लाख ३ हजार ७९३ रुपैयाँको लागतमा इन्डोर ब्लक भवन बनाउन लागिएको निमित्त मेडिकल सुपेरिटेन्डेन्ट डा.राजन पाण्डेले जानकारी दिएका छन् । स्वास्थ्य मन्त्रालयले गत असोज १७ गते अर्थ मन्त्रालयलाई पत्राचार गरी भेरी अञ्चल अस्पतालको आवास तथा नयाँ इन्डोर भवन निर्माणका लागि सहमति माग गरेपछि कात्तिक ८ गतेको मन्त्रीस्तरीय निर्णयले सहमति दिएको थियो ।

 
झण्डै एक दशकदेखि अस्पतालमा स्वास्थ्यकर्मीहरुका लागि आवासीय भवन र विरामीहरुका लागि इन्डोर भवन बनाउन पहल गरिएपनि बजेट प्राप्त हुन सकेको थिएन । हाल १५० शैय्या रहेको अस्पतालमा विरामीको चाप अनुसार इन्डोर ब्लकको आवश्यकता देखिएपछि निर्माण सुरु भएको भन्दै अस्पतालका निमित्त मेडिकल सुपेरिटेन्डेन्ट राजन पाण्डेले पूर्वाधार थपिएपछि सेवा प्रवाह सहज हुने विश्वास व्यक्त गरे ।

 
संघीय सरकारका सहरी विकास मन्त्री मोहम्मद ईश्तियाक राइले नेपालगन्जमा रहेको भेरी प्रादेशिक अस्पतालको हाता भित्र निर्माण गरिएको नर्सिङ्ग आवास भवनको मंगलवार उद्घाटन गरेका गरिएको छ । त्यसैक्रममा मन्त्री राईले इन्डोर ब्लक भवनको निर्माण शिलान्यास पनि गरेका थिए ।

 
त्यसक्रममा सहरी विकास मन्त्री राईले धेरै पटकको प्रयासपछि भेरी अस्पताललाई स्तरोन्नति गर्न सफल भएको उल्लेख गरेका थिए । मन्त्री राईले स्वास्थ्य मन्त्रालयले अस्पतालको पूर्वाधार विकासलाई प्राथमिकतामा राखेपछि सहरी विकास मन्त्रालयले कार्यान्वयनमा तीव्रता दिएको बताएका थिए ।
मन्त्री राईले आज बुधबार नेपाल पत्रकार महाँसघ बाँकेले निर्माण गर्न लागेको तिन कोठे व्यवसायिक भवनको शिलन्यास गर्ने कार्यक्रम समेत रहेको छ ।

प्रतिक्रिया

प्रतिक्रिया