इरिक्सा ठोकियो, दुई घाइते

बाँकेको कोहलपुरमा आइतबार दुई इरिक्सा आपसमा ठोक्किदा दुई जना घाइते भएका छन् ।

 

ट्राफिक प्रहरीका अनुसार, गाभरदेखि कोहलपुर आउँदै गरेको भे १ ह ३४७६ नम्बरको अटो र विपरित दिशाबाट आउँदै गरेको भे १ सय ४११४ नम्बरको अटो एक आपसमा ठोक्किएको हो । दुर्घटनामा कोहलपुरका ४६ बर्षीया दिपा शाह र एक ६ बर्षीय बालिका रहेकी छन् । उनीहरुको उपचारपछि अवस्था सामान्य रहेको बताइएको छ ।

 

प्रतिक्रिया

प्रतिक्रिया