आज बाकेमा रहेको शुसिलकोइराला क्यान्सर अस्पताल चर्चा को बिषय बनेको छ। अस्पताल का सन्दर्भ मा हल्ला चलाइएको जस्तो बिघठन हुन लागेको चाहिँ होईन ।पछिल्लो समय गठन आदेश खारेज गरि अस्पताल बिकास समिति गएको असार महिना मै बिघठन गरिएको थियो। तत्कालीन अवस्था मा बिघठन गरिएको ११ वटा अस्पताल मध्य का ९ वटा अस्पताल लाई संघीय सरकार मातहत राखी गठन आदेश जारी भयो भने बाकेको ##खजुरामा रहेको ##शुसिल##कोइराला##क्यान्सर अस्पताल र अर्को एक अस्पताल लाई अहिले कुन सरकार प्रदेश वा संघीय? भन्ने निर्कियोल नभएको अवस्थामा छ र यो अस्पताल लाई कुन मोडालिटिमा राख्ने टुङिएको छैन ।
अस्पताल जन्माइ अस्पताल को भौतिक सरचना तयार गर्ने सस्था ##प्रखर##परोपकार##मिसन्##नेपालले अस्पताल लाई संघ अर्थात् केन्द्रिय सरकार कै मातहत राख्दा उपयुक्त हुने सुझाव लिखित रूपमा अस्पताल प्रशासन मार्फत ##नेपाल##सरकारलाइ लिखित रूपमा नै पठाइसकेको थियो।र सकभर यो अस्पताल प्रदेश सरकार मातहत भन्दा केन्द्र सरकार कै मातहत भए राम्रो हुन्छ भन्ने मा अस्पताल बनाउने सस्था प्रखर परोपकार मिसन नेपाल को बुझाइ रहेको छ।खजुरा को लागी यो क्यान्सर अस्पताल एउटा मह्त्वपुर्ण गौरव को योजना हो यसमा खजुरा बासी र आसपास का छिमेकी जिल्ला का आम नागरिक को मानो मुठी को धन र खजुराबासिको धन, मन मात्र हैन ##खुनपसिना नि चुहिएको छ। पछिल्लो समय खजुरालाइ उठाउने र फड्को मार्न यो अस्पताल ले महत्वोपुर्ण भुमिका पुर्याउनेमा खजुराबासी बिस्वस्त छ्न। तर सरकार लाई समुदाय ले अस्पताल हस्तान्तरण गरे पश्चात् अस्पताल ले अपेक्षित गति लिन सकेन त्यति मात्र होईन तत्कालीन स्वास्थ मन्त्री ##गगन##थापाले राजनीतिक स्वार्थ साध्न खोजे उनले विभिन्न तवरले दबाब र प्रलोभन दिई अस्पताल लाई नेपाल क्यान्सर अस्पताल बाट सुशील कोइराला प्रखर क्यान्सर अस्पताल मात्र बनाएन आफुले स्वास्थ मन्त्री हुँदा खजुरामा क्यान्सर अस्पताल निर्माण गरेको भनी प्रोपोगन्डा समेत गरे।उनले स्वास्थ मन्त्री हुँदा प्रखर परोपकार मिसन नेपाल सङ्ग गरेको मौखिक सम्झौता अनुसार को रु ४० करोड दिने बाचा समेत बिर्सिए।
खजुरा क्यान्सर अस्पताल खजुराबासिको सपना मात्र हैन खजुराको भाग्य , भबिस्य र समृद्धिको एउटा महत्त्वपूर्ण सिढी पनि हो। अस्पताल बिघठन भएको भन्ने दुस्प्रचार र राजनीतिक प्रचारबाजी को पछि नलागी सत्यतथ्य को खोजी गरौं । जय खजुरा।।
सतिश निरौला
सचीव
प्रखर परोपकार मिसन नेपाल
खजुरा- बाके
(साभार : सतिश निरौलाको फेसबुक)