भगवानका नाममा चढाउने अगरबत्ती पनि नक्कली ब्राण्डका होलान् भन्ने कुरा हामी कमैले मात्र अनुमान गर्न सक्छौ । यसअघि गुणस्तरहीन मिठाइ बिक्री गरेको भेटिएको नेपालगन्जमा भगवानलाई चढाउनका लागि बिक्री गर्न राखिएका अगरबत्ती पनि ‘डुप्लिकेट’ ब्राण्डका भेटिएको हो । संयुक्त बजार अनुगमन टोलीले नेपालगन्ज र खजुरा क्षेत्रमा गरेको बजार अनुगमनका क्रममा डुब्लीकेट अगरबत्ती बिक्री वितरण भैरहेको प्रारम्भिक निष्कर्ष निकालेको हो । टोलीले तत्कालका लागि डुब्लिकेट ब्राण्डका अगरबत्ती बिक्री बितरणमा रोक समेत लगाएको जानकारी दिएको छ ।
बजारमा एक भारतीय ब्राण्डको उत्पादनसंग मिल्दो जूल्दो ठुलो मात्रामा ‘डुब्लीकेट’ अगरबत्ती बिक्री बितरण गरि उपभोक्तालाई ठगि गरेको भन्ने सुचनाका आधारमा गरिएको बजार अनुगमनका क्रममा यस्तो तथ्य फेला परेको जानकारी दिंदै वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगन्का प्रमुख कृष्ण प्रसाल पौडेलले भने, ‘विस्तृत रुपमा सत्य तथ्य बुझ्ने कार्य भैरहेको छ ।’
भारतीय जेड ब्ल्याक ब्राण्डको एमडिपी एच कम्पनी इण्डोर एम. पी. मध्य प्रदेश भारतमा उत्पादन भएका उत्पादनसँग मिल्दो जुल्दो प्याक बनाई ठुलो संख्यामा बिक्री वितरणका नेपालगन्जको बागेश्वरी मन्दिर आसपास र खजुरा क्षेत्रका बिभिन्न पसलमा बिक्रीका लागि राखिएको पाइएको हो । ‘हाललाई उक्त नक्कली आशंका गरिएका अगरबत्ती बिक्रीमा रोक लगाइएको छ’, वाणिज्य कार्यालयका प्रमुख पौडेलले भने ।
आफ्नो ब्राण्डको अगरबत्तिसंग मिल्दो जुल्दो नाम राखी डुब्लीकटेट अगरबत्ती बिक्री वितरणको लागि विक्री बितरण गरेको पाइए पछि बास्तबिता बुभ्mन जेड ब्ल्याक ब्राण्डको एमडिपिएच कम्पनी मध्य प्रदेश भारतबाट एउटा टोली नेपालगन्ज आइपुगेको छ । डिपो इन्चार्ज नितेश कुमारको नेतृत्वमा आएको टोलीमा सुशान्त सेन र अजित मण्डल रहेका छन् । ‘हाम्रो उद्देश्य हाम्रो कम्पनीको नामबाट डुब्लीकेट सामान उत्पादन गरि उपभोक्ता नठगिउन् भन्ने हो,’ डिपो इन्चार्ज नितेश कुमारले दैनिक नेपालगन्ज बताए । ‘आफ्नो कम्पनीसंग मिल्दोजुल्दो नामाकरण गरि नेपाली बजारमा अगरबत्ती बिक्री बितरण भए पनि बास्तविकता बुभ्mन आएका हौं,’ उनले भने ।
डुब्लीकेट भनिएको सामानमा निर्माताको नाम माजदा अगरबत्ती उद्योग नेपालगन्ज नपा वडा ९ कुम्हारन टोल बाँके राखिएको छ । तर, फोन नम्बर लगायतको बिस्तृत बिवरण उल्लेख गरिएको छैन । उक्त उद्योगको बारेमा जाँच बुझ भैरहेको पौडेलले बाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण कार्यालय नेपालगन्जका प्रमुख पौडेलले बताए ।
अनुगमनमा जिल्ला प्रशासन कार्यालय लक्ष्मी प्रसाद शाह लगायत प्रहरी कार्यालयका प्रतिनिधिहरुको संलग्नता रहेको थियो । अर्को कम्पनीको नामसंग मिल्दो जुल्दो नामाकरण गरि डुब्लीकेट बिक्रि बितरण गर्ने कार्य गैर कानूनी र उपभोक्ता ठग्ने कार्य भएको उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय सदस्य वसन्त गौतमले बताए ।