नेपालगन्जमा राजसंस्थाका पक्षमा प्रदर्शन गर्ने तयारी

बुधबार नेपालगन्जमा राजसंस्थाका पक्षमा प्रदर्शन गरिने भएको छ ।

 

शिव सेना नेपाल र राष्ट्रवादी देशभक्त नागरिक समाजका नाममा राजसंस्था स्थापित गरौं भन्ने मुल नाराका साथ राज संस्था र हिन्दु राष्ट्रका लागि प्रदर्शन गरिने भएको हो ।

 

‘राजाको त्याग र समर्पण जनताप्रति गरेको सम्मानलाई स्वार्थी समूहले विदेशीको खेल बनाइदिए’, राजतन्त्रको पक्षमा वकालत गर्नुपरेको कारण खुलाउँदै शिव सेना नेपालका केन्द्रीय सदस्य भुवन कृष्ण श्रेष्ठले दैनिक नेपालगन्जसँग भने ।

प्रतिक्रिया

प्रतिक्रिया