दिनदाहाडै १८ युवा, युवती समातिए कोहलपुरमा

कुलतमा लागेका युवाहरुलाई आइतबार कोहलपुर प्रहरीले नियन्त्रणमा लिई अभिभावकलाई बुझाएको छ । युवाहरु गलत कार्यमा नलागुन् भन्ने उद्देश्यले इलाका प्रहरी कार्यालय कोहलपुरले कुलतमा लागेका युवाहरुलाई सम्झाउने र अभिभावकको जिम्मा लगाउन सुरु गरेको छ ।
आइतबार प्रहरीले १८ जना युवालाई नियन्त्रणमा लिई अभिभावकको जिम्मा लगाएको जानकारी दिएको छ । प्रहरीका अनुसार स्कुल, कलेजमा पढ्ने विद्यार्थी होटल, रेष्टुरेन्टमा मापसे गर्ने, मापसे गरी मोटरसाइकल चलाउने, चुरोट, गाँजा लगायतका लागु औषध सेवन गर्ने, होहल्ला गर्ने, गरेको भेटेपछि नियन्त्रणमा लिइएको हो ।
इलाका प्रहरी कार्यालयका अनुसार, १५ जना पुरुष र ३ जना महिलालाई नियन्त्रणमा लिइएको हो । इलाका प्रहरी कार्यालयका प्रमुख, डिएसपी रमेश बहादुर सिंहले युवाहरुलाई आइन्दा गलत काम गरेको भेटिएमा कारवाही गर्ने शर्तमा अभिभावकको जिम्मा लगाएका थिए ।

प्रतिक्रिया

प्रतिक्रिया