महासंघमा बाँकेबाट ढकाल र शाह

नेपाल मुद्रण उद्योग महासंघको तेस्रो महाधिवेशनबाट बाँकेका दुई जना उद्योगीले महासंघमा प्रतिनिधित्व सुनिश्चित गरेका छन् । उद्यमी मिना सुवेदी ढकाल र तपेन्द्र बिक्रम शाह महासंघको केन्द्रीय समितिमा सदस्य निर्वाचित भएका हुन् ।

 
‘बाँकेका लागि यो एउटा सुखद् अवसर हो’, नेपाल मुद्रण उद्योग महासंघ बाँकेका अध्यक्ष चण्डि गैरेले दैनिक नेपालगन्जसँग भने । बाँकेमा महासंघसँगै नेपाल मुद्रण उद्योग संघ सक्रिय रहेकामा दुवै संगठनलाई एक बनाएर जाने कुरामा केन्द्रले निर्देशन दिएको संघका उपाध्यक्ष सिएम उपाध्यायले जानकारी दिए ।
महासंघमा नवनिर्वाचित केन्द्रीय सदस्य ढकालले बाँकेमा व्यवसायिक हितका लागि सबैलाई मिलाएर लैजाने बताइन् ।

प्रतिक्रिया

प्रतिक्रिया