समाचारदाता
दैनिक नेपालगन्ज
बाँके जिल्ला अदालतका जिल्ला न्यायाधीश बिष्णु सुवेदीले न्याय सम्पादनको कार्यलाई छिटो छरिटो र प्रभावकारी बनाउन लागि परेको बताएका छन् । अदालतले बुधबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै जिल्ला न्यायाधीश सुवेदीले न्यायाधीशको सरुवा, तीन तहको निर्वाचनका कारण यस बर्ष मुद्दा फैसला हुनमा केहि ढिलाई भए पनि अव कामले गति लिदै गएको बताए ।
जनबिश्वासमा हस नआउने गरि समाचार सम्पे्रषण गर्न पत्रकारलाई आग्रह गर्दै जिल्ला न्यायाधीश सुवेदीले अदालतमा बिचाराधिन मुद्दामा प्रभाव पार्ने धारणा बनाएर समाचार सम्प्रेष नगर्न र पक्षको गोपनियता भङ्ग नहुने गरि समाचार सम्पेषण नगर्न समेत न्यायाधीश सुवेदीले पत्रकारलाई आग्रह गरेका थिए । न्याय सम्पादनको गतिबिधि बारे जानकारी दिने उदेश्यले आयोजित कानून पत्रकारसंगको भेटघाट क्रममा न्यायाधीश ओम प्रसाद अर्यालले अदालत एक्लैले न्याय सम्पादनलाई प्रभावकारी बनाउन नसक्ने भएकाले न्यायिक काम कारवाहीमा सबैको साथ र सहयोग रहनु पर्नेमा जोड दिएका थिए ।
पत्रकार भेटघाटका क्रममा उपस्थित पत्रकारहरुले न्याय सम्पादनको कार्यलाई छिटो छरितो बनाउन, समयमै मुद्धाको फैसला हुने वातावरण मिलाउन, अदालतलाई सुचना मैत्री बनाउन, समय समयमा पत्रकार भेटघाटको ब्यवस्था मिलाउन, लागु औषधका मुद्धाको अनुसन्धान र अभियोजन सिघ्र गर्ने ब्यवस्था मिलाउन आग्रह गरेका थिए ।
पत्रकार भेटघाट कार्यक्रममा जिल्ला न्यायाधीश बिष्णु सुवेदीका साथै न्यायाधीशहरु ओम प्रसाद अर्याल भुवन थापा, केशव प्रसाद पाण्डे र अनिल कुमार शर्मा, अदालतका श्रेस्तेदार दण्डपाणी लामिछाने, तहसिलदार नारायण प्रसाद सापकोटा लगायतको उपस्थिति रहेको थियो । पत्रकार भेटघाटमा कानून पत्रकार समाज बाँकेका अध्यक्ष लोक बहादुर शाह, समाजका सल्लाहकार एवं पत्रकार महासंघका अध्यक्ष ठाकुर सिंह थारुका साथै समाज आवद्ध र अन्य पत्रकारहरुको समेत उपस्थिति रहेको थियो ।