नेपालगन्जको धम्बोझी चोकमा चिसोले कठ्याङ्ग्रिएका एक ज्येष्ठ नागरिकलाई फुल्टेक्रा स्थित निल सागर वृद्धाश्रम पुर्याइएको छ ।
लालिगुरास बचत तथा ऋण सहकारी सस्था न्युरोडका उपाध्यक्ष विष्णु अर्याल र रेडियो सदभावको पहलमा ज्येष्ठ नागरिकलाई रेखदेखका लागि वृद्धाआश्रम पुर्याइएको हो ।
चिसोका कारण हिड्न समेत नसक्ने अवस्थामा रहेका दाङ्ग घर बताउने जित बहादुर ओझाको उद्दार गरिएको हो । चिसोमा सडकमै बस्ने र सुत्ने गर्दा वृद्धको स्वास्थस्थिती विग्रदै गएको अवस्थामा फेला परेको उद्दारमा गरी वृद्धाश्रम पुर्याएको रेडियो सदभावका खगेन्द्र दाहालले जानकारी दिए ।
(तस्वीर : समिरमान श्रेष्ठको फेसबुक)