हुन्डाई कारको नेपाल स्थित अधिकृत बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले नेपालगन्जमा ‘हुन्डाई मिट एण्ड ग्रिट’ कार्यक्रम गरेको छ ।
देशव्यापी रुपमा आफ्ना ग्राहक र आम उपभोक्तालाई हुन्डाई बारे जानकारी दिन कार्यक्रमको आयोजना गरिएको लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.का सेल्स एण्ड मार्केटिङ्ग डिजिएम रुपेश शर्मा भट्टले जानकारी दिए ।
‘हुन्डाई ब्राण्डको विश्वव्यापी अवस्था र नेपालमा बढ्दो बजारबारे आम रुपमा जानकारी दिन यसखालको कार्यक्रम सुरु गरिएको हो’, भट्टले दैनिक नेपालगन्ज स“ग भने, ‘बुटवलबाट सुरु गरिएको मिट एण्ड ग्रिटलाई देशका विभिन्न सहरमा पुर्याउछौं ।
बुधबार नेपालगन्ज र आसपासका झण्डै २ सय कार प्रयोगकर्ता, उद्योगी, व्यवसायी बीच लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.का सेल्स एण्ड मार्केटिङ्ग डिजिएम भट्ट र अफ्टर सर्भिस एजिएम दिपक थपलियाले विभिन्न प्रस्तुति मार्फत हुन्डाई ब्राण्डबारे जानकारी दिए । ‘विश्वव्यापी रुपमा हुन्डाईले कसरी बजार बिस्तार गरिरहेको छ भन्ने जानकारी दिनुपनि हाम्रो उद्देश्य हो’, डिजिएम भट्टले भने । ‘उपभोक्तालाई हुन्डाई ब्राण्डबारे नजिकबाट जानकारी गराउने काम भएको छ’, हुन्डाईको नेपालगन्ज स्थित आधिकारिक बिक्रेता हिम अटोका प्रबन्ध निर्देशक रविन्सन श्रेष्ठले दैनिक नेपालगन्जस“ग भने ।
हिम अटोका प्रबन्ध निर्देशक श्रेष्ठका अनुसार, नेपालगन्जबाट हुन्डाईका विभिन्न ९ मोडेलका गाडी उपलब्ध छन् । १८ लाख ९६ हजार रुपैया न्यूनतम मूल्यको इवन देखि एक करोड २९ लाखको सान्टा फे मोडेलका गाडी नेपालगन्जबाट उपलब्ध गराउन सकिने प्रबन्ध निर्देशक श्रेष्ठले जानकारी दिए ।
‘नेपालगन्जमा भने क्रेटा र हाइटेन एक्टिभको कारोबार राम्रो छ’, हिम अटोबाट भैरहेको कारोबार बारे जानकारी दिंदै प्रबन्ध निर्देशक श्रेष्ठले भने । सेल्स डिभिजन हेड सुशिल क्षेत्रीले नेपालमा हुन्डाई कारको माग बढ्दै गएको दाबी गरे ।