ममता थापा/नेपालगन्जन्यूज
नेपालगन्जमा गैरकानुनी रुपमा राखिएको बदेलको मासु सहित एक व्यक्ति पक्राउ परेका छन् ।
बुधबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो, जिल्ला प्रहरी कार्यालय बाँके तथा जिल्ला वन कार्यालय बाँकेको टोलीले नेपालगन्ज १८ भुजाई गाउँ बस्ने करण खटिकलाई ९४ किलो बदेलको मासु सहित पक्राउ गरेको हो । निजलाई विशेष सुचनाको अधारमा बन कार्यालय सहितको टोलीले पक्राउ गरेको जिल्ला वन कार्यालय बाँकेका प्रमुख पुष्पराज बरतौलाले बताउनुभयो ।
पक्राउ गरिएका खटिकको घरमा रहेको फ्रिजमा बदेलको ४ ओटा टाउको, ६ ओटा पुच्छर र ९४ किलो मासु बरामद गरिएको बताइएको छ । पक्राउ गरिएका खटिकलाई राष्ट्रि निकुन्ज बन्यजन्तु संरक्षण ऐन २०२९ अन्तरगत कार्वाही प्रक्रिया अगाडी बढाईने प्रमुख बर्ताैलाले बताउनुभयो ।
बरामद गरिएको बदेलको मासुलाई परिक्षणको लागि ललितपुरको खुमलटार स्थित राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा पठाइएको छ ।