नेपाली समुदाय बीच लोकप्रीय अमेरिकाको टेक्सास राज्यका प्रतिनिधि सलमान भोजनीले नेपाली संस्कृति र पर्यटन प्रर्वद्धनका लागि आयोजित एक विशेष कार्यक्रममा संगीतकार बी.पि. वाग्ले द्धारा संगीतवद्ध पर्यटन प्रवद्र्धन सम्बन्धि “नेपाल हेर्न जाऊँ” बोलको बाल गीत तथा भिडियो लोकार्पण गर्नु भयो ।
गत शुक्रबार ललितपुर स्थित होटल हिमालयमा नेपाली समुदायका विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरुको उपस्थीतिमा शिक्षा, खेलकुद, पर्यटन लगाएतका क्षेत्रमा आफ्नो संगीत मार्फत फरक पहिचान बनाएका एवम् सामाजिक जागरण संग संगै समग्र सांगीतिक क्षेत्रमा विगत लामो समय देखि क्रियाशिल संगीतकार बि.पी. वाग्ले द्वारा संगितबद्ध नेपालको मुख्य–मुख्य पर्यटकीय क्षेत्रहरु समेटिएको फरक स्वदको बाल गीतको एनिमेटेड भिडियोलाई प्रमुख अतिथि सांसद भोजनीले गीती एल्वम सहित डिस्प्लेमा प्ले गरेर सार्वजनिक गर्दै संगीतकार वाग्लेलाई कदर पत्र द्वारा सम्मान समेत गर्नू भएको थियो ।
नेपाली गीतसंगीत क्षेत्रका अग्रज व्यक्तित्व बरिष्ठ गीतकार डा.भोला रिजालको शब्द रचना, फरक फरक विषयबस्तु तथा सचेतना एवम् खोजमुलक सृजनामा अलि बढी रुची राख्ने संगीतकार बि.पी. वाग्लेको संगीत, सदाबहार गायक भद्र वली, बालप्रतिभा सरगम श्री भट्टराई र बिदित अधिकारीको स्वरमा सार्वजनिक गरिएको उक्त गीत/भिडियोमा एनिमेसनको अवधारणाबाट विश्वव्यापी रुपमा स्वीकार गरिएको नवीनतम प्रविधिलाई स्वीकार गर्नू र मनोरञ्जनका साथ साथै बालबालिकालाई अनुभव गर्न एवम् रमाउँदै केहि सिक्न पनि प्रोत्साहित गर्ने विश्वास लिइएको छ । उक्त गीतका स्रोता दर्शक नेपाल र नेपाली भाषी बालबालिकाका साथ साथै विश्वभरका बालबालिका हुने भएकोले गीतमा उल्लेख भएका विभिन्न पर्यटकीय क्षेत्रको बारेमा प्रचार–प्रसार गर्न र घुम्न समेत सबैलाई प्रेरित गर्नेछ ।
सांसद सलमान भोजानीको प्रमुख अतिथ्यतामा संचालीत उक्त विशेष कार्यक्रममा अतिथिको रुपमा बरिष्ठ गीतकार एवम् चिकित्सा क्षेत्रका अग्रज व्यक्तित्व डा. भोला रिजालले उर्जाशील युवा संगीतकार बि.पी वाग्लेसंंग आफु निरन्तर सहकार्यमा रहेको र पहिले जस्तै यस गीतमा राम्रो संगीत दिएको उल्लेख गदै अब यस्तै यस्तै विविध विषयवस्तुको बारेमा सहकार्य गर्दै जाने बताउनु भयो ।
सोहि क्रममा वरिष्ठ संगीतकार एवम् म्यूजिक रोयल्टी कलेक्सन सोसाइटी नेपालका अध्यक्ष सुरेश अधिकारीले बि.पी. वाग्ले नेपाली मन नेपाली पनको संगीतकार भएको साथै डा. भोला रिजालसंग वाग्लेको सहकार्यबाट क्वालीटीको गीत बनेको र भिडियो एनिमेसन पनि धेरै नै फरक क्वालीटीको बनेको बताउनु भयो । यसैगरी लेखक एवम् नेपाल टेलिभिजनका कार्यकारी कार्यक्रम निर्माता दिपक समीर आचार्यले गीतले फरक खालको टे«ण्ड पकडेको, गीतको शैली पनि फरक रहेको र म्यासेज चाहि यसले टुरिज्म डेभलेपमेन्ट मै दिएको बताउनु भयो ।
यसैक्रममा नेपाल सेन्टर ईन्टरनेसनलका अध्यक्ष विरिष्ठ लेखक निर्मल कुमार थापाले गीत बाल मनोविज्ञानसंग सम्बन्धित र म्यूजिक धेरै क्याची शब्द सरल भएकाले विशेष गरि विदेश बस्ने नेपाली समुदायका बालबालिकाहरुले गाउँदै, नाच्दै र केहि सिक्दै मनोरञ्जन गर्ने विश्वास व्यक्त गर्नूभयो ।
त्यसै गरी वरिष्ठ गीतकार तथा म्यूजिक रोयल्टी कलेक्सन सोसाइटी नेपालका महासचिव बि. पाण्डे ले यस्तो किसीमको बच्चाहरुको मनोविज्ञानलाई नै समेट्ने गरि बच्चाहरुले सरल र सहजरुपमा गुनगुनाउने संगीत (धुन म्यालोडी) बनाउने काम जो कोहिसंग सम्भवछैन् र यो सजिलो पनि छैन । तर संगीतकार बि.पी. वाग्लेसंग मात्रै यस्तो अदभुत क्षमता रहेको दावी गर्नु भयो ।
अन्त्यमा प्रमुख अतिथि सांसद सलमान भोजानीले पहिलो चोटी नेपाल आएको र यति राम्रो कार्यक्रममा सुन्दर गीत पनि सार्वजनिक गर्ने अवसर मिलेकोमा धन्यवाद दिदै यो गीतको भिडियोमा अंग्रेजी सव टाइटल गर्न सके संसार भरिका बालबालिकाका लागि नेपाली संस्कृति, एवम् पर्यटकीय क्षेत्रहरुको बारेमा जान्ने अवसर मिल्ने सुझाव व्यक्त गर्नूभयो ।
मिसन इन्टरटेनमेण्ट र नेपाल सेन्टर ईन्टरनेशनलले आयो जना गरेको उक्त कार्यक्रमलाई संचारकर्मी विनोद पोखरेलले संचालन गरेका थिए भने गीत तथा भिडियो निर्माण मिसन इन्टरटेनमेण्टको रहेको थियो ।