राष्ट्रिय विभूति भानुभक्त आचार्यको २१० औँ जन्मजयन्ती

नेपालगन्जको न्यूरोड स्थित भानुभक्त चोकमा विशेष कार्यक्रम आयोजना गरि शुक्रवार राष्ट्रिय विभूति भानुभक्त आचार्यको २१० औँ जन्मजयन्ती मनाइएको छ । भानुभक्त चोक संरक्षण समिति र भेरी साहित्य समाज केन्द्रिय समितिको आयोजनामा चोकमै कार्यक्रम गरि जन्मजयन्ती मनाइएको हो ।


नेपालगन्ज उप–महानगरपालिकाका नगर प्रमुख प्रशान्त बिष्टको प्रमुख आतिथ्यमा गरिएको कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्य, बरिष्ठ साहित्यकार सनत रेग्मी, प्राज्ञसभा सदस्य शशिराम कार्की, अब्दुल लतिफ शौकलगायतले भानुभक्तको योगदानसहित काव्यचर्चा गरेका थिए ।


आयोजक भेरी साहित्य समाजका अध्यक्ष हरिप्रसाद तिमिल्सिनाको सहजीकरणमा भएको कार्यक्रमको अध्यक्षता भानुभक्त चोक संरक्षण समितिका अध्यक्ष कृष्ण्रप्रसाद श्रेष्ठले गरेका थिए । कार्यक्रममा स्थानीयवासीसँगै साहित्यिक क्षेत्रका विभिन्न व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

प्रतिक्रिया