मिस नेपाल २०२२ मा उत्कृष्ट फाइनलिष्टको सूचिमा पर्न सफल नेपालगन्जकी मानसी चन्दलाई विजेता बनाउन अभियान थालिएको छ ।
नेपालगन्ज वडा नं. १८ की मानसी नेपालगन्ज स्थित ब्राइटल्याण्ड स्कुलबाट एसइइ सकेर बेग्लोरबाट विज्ञान तथा राजस्थानबाट बिएस्सी कृषि अध्ययनरत छिन् । उनका बुबा लोकेन्द्र बहादुर चन्दले पौडी तथा घोडसवारीमा रुचि राख्ने मानसी पढाइमा सधै अब्बल रहँदा डान्समा समय छुट्याउँदै आएको जानकारी दिंदै भने, ‘अहिले सुन्दरी प्रतियोगितामा आफुलाई निरन्तर खरो उतारेर अगाडि बढिरहेकी छन्, उनलाई नेपालगन्जले भोटिङ गरेर अगाडि बढाउन सक्छ ।’
नेपालगन्जले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा मानसी मार्फत पहिचान बनाउन सक्ने भन्दै उनलाई विजेता बनाउन भोटिङका लागि सामाजिक सञ्जाल मार्फत अभियान नै चलाइएको छ । ‘पश्चिम नेपालकी छोरी’ का रुपमा चित्रण गर्दै मानसीलाई त्यसको प्रतिनिधित्व नेपालगन्जले गर्न सक्ने भन्दै अभियान चलाइएको उनीहरुको भनाइ छ ।
मानसीलाई khalti app डाउनलोड गरेर प्रतियोगी न 8 मा दैनिक 1 भोट फ्री मा हाल्नु भएमा टप-१४ को लागि त्यो नै बधाइ हुनेछ, छोरीका लागि अभियानमा रहेका लोकेन्द्र चन्दले भने ।