बाँकेका युवा श्रष्टा महानन्द ढकाललाई यस वर्षको नेत्रशोभा स्मृति साहित्यिक पुरस्कार प्रदान गरिएको छ ।

शहीद स्मृति पुस्तकालय, भैरहवाले आफ्नो वार्षिकोत्सवको अवसर पारेर बुधवार ढकाललाई वनमाली निराकारद्वारा स्थापित रु ११ हजार १११ धनराशीको पुरस्कार प्रदान गरिएको हो । पुस्तकालयले साहित्य, शिक्षा , स्वास्थ्य, समाजसेवा, कृषि तथा सदाचार जागरणका क्षेत्रमा गरी १२ वटा पुरस्कारहरु समर्पण गर्दै आएको छ ।
पुस्तकालयको २० औं वार्षिकोत्सवका अवसरमा बुधवार आयोजना गरिएको समारोहमा ढकालसहित विभिन्न श्रष्टाहरुलाई पुरस्कार अर्पण गरिएको थियो ।
पुस्तकालायका अध्यक्ष वनमाली निराकारका अनुसार, समाजसेवी दीर्घराज काफ्लेले स्थापना गर्नु भएको रु ४५ हजार धनराशी रहेको ‘शहीद स्मृति सदाचार जागरण पुरस्कार’ भ्रष्टाचार र सुशासनका का निम्ति आवाज उठाउने अभियन्ता भरत जङ्गमलाई अर्पण गरिएको छ ।