आज ‘नेपालगन्ज कोरा’

नेपालगन्जको बौद्ध गुम्बाबाट साइकल यात्रा प्रारम्भ गर्दै बाँके जिल्लाका हिन्दु, मुस्लिम, सिख, इसाई लगायत सबै धर्मका धार्मिक स्थलहरुको परिक्रमा गरिंदैछ ।

आज शनिवार ‘नेपालगन्ज कोरा’ साइकल यात्राको चौथो संस्करण आयोजना गरिएको छ । नेपालगन्ज साइक्लिङ क्लबले ‘कोरा साइकल च्यालेन्ज’ अर्थात नेपालगन्ज कोरा आयोजना गरेको हो ।

नेपालमा २०१२ बाट कोरा आयोजना गरिंदै आएपनि नेपालगन्जमा २०१९ देखि नेपालगन्ज साइक्लिङ क्लबले यसखालको आयोजना गर्दै आएको क्लब अध्यक्ष सतिश निरौलाले जानकारी दिए ।

‘कोरा’ को अर्थ परिक्रमा भन्ने हो । ‘हामीले पनि नेपालगन्जको बौद्ध गुम्बाबाट बिहान ६ बजे साइकल यात्रा प्रारम्भ गर्दै बाँके जिल्लाका हिन्दु, मुस्लिम, सिख, इसाई लगायत सबै धर्मका धार्मिक स्थलहरुको परिक्रमा गर्दैछौं,’ नेपालगन्ज कोरा– २०२२ को तयारीबारे जारी प्रेस नोटमा कार्यक्रम संयोजक प्रदीप सापकोटाले भनेका छन्, ‘कोरा साइकल यात्रालाई सामाजिक सद्भावको पर्वका रूपमा समेत हामीले बुझाउँदै आएका छौं ।’

यस वर्षको नेपालगन्ज कोरा साइकल यात्री स्व.यमलाल रसाइलीप्रति समर्पित गरेको जानकारी दिंदै संयोजक सापकोटाले क्लबका सदस्यहरु मार्फत च्यारिटी राइड गर्दै फन्ड च्यारेटीको लागी समेत आव्हान गरिएको बताए ।

आयोजक क्लबका अनुसार, यो बर्ष को कोरा २५ किलोमिटर ५० किलोमीटर र १०० किलोमीटर गरि ३ क्याटोगरीमा आयोजना गरिंदैछ । ‘यसमा आफुले आफैं लाई च्यालेन्ज गर्दै आफुले सक्ने जति साइकल यात्रा पुरा गरिनेछ र सहभागी सबै साइकल यात्रीहरु बिजेता बन्नु हुनेछ,’ कार्यक्रम तयारी पुरा भएको जानकारी दिंदै कार्यक्रम संयोजक प्रदीप सापकोटाले भने ।

प्रतिक्रिया

प्रतिक्रिया