नकआउट फुटबल : नेपालगन्ज ११ को आपत्ति


नेपालगन्जमा मंगलबार सकिएको नकआउट फुटबल प्रतियोगिताको नतिजालाई लिएर उपविजेता नेपालगन्ज ११ स्पोर्टिङ्ग क्लबले आपत्ति जनाएको छ ।

रोयल नेपालगन्ज क्लबसँग फाइनल प्रतिस्पर्धा गरेको नेपालगन्ज ११ का अध्यक्ष घनश्याम थापाले फुटबल खेल नियम विपरित अन्य जिल्लामा लिग फुटबल खेलिसकेका खेलाडीलाई मैदानमा उतारेको आरोप लगाएको हो ।

‘त्यस विरुद्ध बाँके जिल्ला फुटबल संघमा छानबिनका लागि लिखित उजुरी दिएको छु’, अध्यक्ष थापाले भने । नवलपुरका सन्दीप चौधरी र अरुण चौधरी नवलपुरबाट लीगमा सहभागी भइसकेका खेलाडी रहेको अध्यक्ष थापाको दावी छ ।

प्रतिक्रिया

प्रतिक्रिया