राउण्ड टेबल नेपालको नेपालगन्ज च्याप्टरले आयोजना गर्ने फुटसलको तयारी पूरा भएको छ । आयोजना कोर्डिनेटर आयुष गुप्ताका अनुसार, आठ वटा टिम बीच लिग म्याच हुने भएको हो ।

राउण्ड टेबल नेपालगन्ज च्याप्टरले घरबारीटोल स्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालयलाई पूर्वाधार निर्माणमा सहयोग पुर्याउन विभिन्न बैंक तथा कर्पोरेट क्षेत्रसँग टुर्नामेन्ट गर्न लागेको सदस्य रिसब अग्रवालले जानकारी दिए । उनका अनुसार, शनिबार हुने एक दिवसीय फुटसल टुर्नामेन्टमा आयोजक राउण्ड टेबल टिमसँगै हिमालयन बैंक, बैंक अफ काठमाण्डौं, नबिल बैंक, नेपालगन्ज अटो मोबाइल, एभरेष्ट बैंक, नेपालगन्ज मेडिकल कलेज र नेपाल एसबिआइ बैंक बीच दुई वटा लिगमा प्रतिस्पर्धा हुनेछ ।
‘राउण्ड टेबल’ मार्फत सामाजिक कार्यमा नेपालगन्जका युवा











