जनता र सरकारको नजिक बस

सामाजिक सञ्जाल फेसबुक मार्फत ओलीले जारी गरेको अपील

कोरोना करहमा सघाउन अपील गर्दै पूर्वखेलपदाधिकारीले भने

सबैभन्दा बढी युवाशक्ति संगठित रहेको खेलकूद क्षेत्र यतिबेला के गर्दै होला ? कोरोना भाइरसको संक्रमण सन्त्रासका कारण जापानमा हुने ओलम्पिक खेलमात्रै राष्ट्रिय, स्थानीय सबै औपचारिक खेल गतिविधि ठप्प छ । यतिबेला सिंगो खेल क्षेत्रको जनशक्ति के गर्दै होला ?
मध्यपश्चिम क्षेत्रीय खेलकुद बिकास समिति, प्रदेश नं. ५ नेपालगन्जका निवर्तमान अध्यक्ष भिम ओलीले मंगलवार अपील जारी गरि खेलकुदको निकाय र खेल जनशक्तिलाई जनता र सरकारको नजिक रहन आव्हान गरेका छन् । कोरोना बिरुद्धको अभियानमा सिंगो खेलक्षेत्र जुट्नुको बिकल्प नरहेको भन्दै ओलीले भनेका छन्, प्रचारप्रसार सामग्री भए समुदायलाई उपलब्ध गराउने, सम्पुर्ण जनमानसलाई लकडाउनको समयमा अत्यावश्यक काम बाहेक घर बाहिर नआउन आफ्नो टोलमा अनुरोध गर्ने, कोरोना बिरुद्धको अभियानमा सचेतनतापूर्वक खेलक्षेत्र सेवाभावले समुदाय सामु उपस्थित हुने,कोरोनाको कारण खेल प्रशिक्षण र खेल गतिविधि स्थगित गर्ने र सरकारले तेस्रो पटक यहि चैत्र २५ देखि बैशाख ३ गते सम्मको लागि लकडाउनको घोषणा गरेको हुँदा यसको पालना गर्दै कोरोना बिरुद्धको अभियानमा सकृय रहनुहुनेछ भन्ने बिश्वास लिएको छु ।
सिंगो मुलुक कोरोना बिरुद्धको अभियानमा लागेको हुँदा अन्तिम समय सम्म यो बिपद्को घडिमा जनताको जन कार्यमा जुटि कोरोना बिरुद्द बिजयी प्राप्त गर्ने कुरालाई मुख्य कामका रुपमा चित्रण गर्दै निवर्तमान अध्यक्ष ओलीले खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषदले यसअघि निर्देशन गरे बमोजिम हामी सबै एक भएर परिस्थिति सँग जुध्दै देश बाहिरबाट आउनु भएका ब्यक्तिलाई सहयोग गर्दै यतिखेर खेलक्षेत्रले सचेतनतापूर्वक सद्भाव,सहयोग,एकता र गतिशीलता प्रदर्शन गर्न जोड दिएका छन् ।

प्रतिक्रिया

प्रतिक्रिया