जुमा स्पोर्टस् क्लब बाँकेले आगामी मंसिर ७ गते नेपालगन्जमा हुने धारा नेपालगन्ज म्याराथनमा संस्थागत सहभागिता जनाउने निर्णय गरेको छ ।
क्लब अध्यक्ष भीम बहादुर रानाभाटको अध्यक्षतामा आइतबार भएको बैठकले म्याराथनमा संस्थागत सहभागिताको निर्णय गरेको हो । ‘शान्तिको सन्देश दिने म्याराथनलाई सपोर्ट गर्न सहभागिताको निर्णय गरिएको हो’, अध्यक्ष रानाभाटले भने ।
क्लबले नेपालगन्ज उद्योग वाणिज्य संघको आगामी शनिबार हुने बार्षिक साधारणसभामा बृहत रक्तदान गर्ने निर्णय समेत गरेको छ । ‘विरामीहरुको उपचारमा रगत अभाव नहोस् भनेर संघको साधारणसभाको अवसर पारेर रक्तदानको निर्णय गरेका हौं’, अध्यक्ष रानाभाटले भने ।