नेपाल आज बलियो टिम उज्वेकिस्तानसंग प्रतिस्पर्धा गर्दै

नेपालगन्ज – किर्गिस्तानमा जारी नादेझ्दा कप फुटबलको दोस्रो खेलमा नेपालले आज उज्वेकिस्तानसंग प्रतिस्पर्धा गर्दैछ । पहिलो खेलमा घरेलु टोली किर्गीस्तानलाई हराउँदै शानदार सुरुवात गरेको नेपालले दोस्रो खेलमा उज्वेकिस्तानसंग खेल्न लागेको हो ।

पहिलो खेलमा उज्वेकिस्तानले ताजकिस्तानलाई १२–० गोल अन्तरले पराजित गरेको थियो भने नेपालले आइतबार भएको पहिलो खेलमा आयोजक किर्गीस्तानलाई ८-२ गोल अन्तरले हराएको थियोे । 

आज हुने उज्वेकिस्तानविरुद्ध को खेलमा जित निकाल्दै नेपाल प्रतियोगिताको फाईनल नजिक पुग्न चाहन्छ । आसन्न सागको तयारीको रुपमा रहेको नेपालले प्रतियोगितालाई प्रर्दशन सुधार गर्ने अवसरको रुपमा लिएको छ ।

पहिलो खेलमा उच्च प्रर्दशन गरेकी सावित्रा भण्डारीले पुन एक पटक सबैको नजर खिच्नेछिन् । उनले पहिलो खेलमा ह्याट्रिक सहित चार गोल गर्न सफल भएकी थिईन् ।

नेपालले लिगको अन्तिम खेलमा ताजकिस्तानसंग खेल्नेछ । राउण्ड रोबिन लिगका आधारमा शीर्ष दुई टिम उपाधिका लागि भिड्नेछन् ।

प्रतिक्रिया

प्रतिक्रिया