खजुरामा मिनी रंगशाला बनाइँदै

बाँकेको खजुरा गाउँपालिकामा मिनी रंगशाला निर्माण गरिने भएको छ । खजुरा गाउँपालिका वडा नं. ४ मा रहेको खेल मैदानमा मिनी रंगशाला बनाउन लागिएको हो । त्यसका लागि पहिलो चरणको काम सुरु गरिएको वडाध्यक्ष तिलक विर सुनारले जानकारी दिएका छन् ।


रंगशाला निर्माण उपभोक्ता समितिको संयोजक टोपबहादुर खत्रीले गाउँपालिका र प्रदेश सरकारको लगानीमा रंगशालाको काम सुरु गरिएको जानकारी दिएका छन् । रंगशालाका लागि गाउँपालिका र प्रदेश सरकारले करिब ४५ लाख बजेट सुरुवाती चरणमा छुट्याएको वडाध्यक्ष सुनारले बताएका छन् ।


‘खजुरालाई फुटबलको रुपमा चिनिने भएकाले यस क्षेत्रका लागि रंगशाला आवश्यक देखिएको हो’, वडाध्यक्ष सुनारले भने । रंगशालामा पहिलो चरणमा मैदानको प्याराफिट बनाइने लागेको छ । प्याराफिट निर्माणको कामसंगै मैदानमा माटो पटानको काम समेत संगै भईरहेको उपभोक्ता समितिका कोषाध्यक्ष सन्तोष श्रेष्ठले बताएका छन् । मिनी रंगशालाको काम आगाडि असार सम्म सक्ने लक्ष्य राखिएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया