बिशाल रानामगर
बिपी चोकस्थित फिनिसिंग लाइनमा साइकल दौडमा सहभागी दुई बालिका एकै समय पुगे । आयोजकले को प्रथम भयो भनेर सोधे । दुबै बालिकाले एक अर्कालाई हेरेर एक छिन अलमलिएझंै गरे । केही बेरपछि प्रतिष्पर्धी पार्वती तिर देखाउँदै सीता सार्कीले भनिन्, ‘उ यो फस्र्ट भई ।’ संगसँगै आएपनि सीताले बहिनी पार्वतीलाई फस्र्ट बनाइन् ।
सीता र पार्वती जुम्ल्हा दिदिबिहिनी हुन् । नेपालगन्ज उपमहानगरपालिका वडा नं. २० राँझाका सीता र पार्वती धम्बोझी माविमा कक्षा १० मा पढ्छन् । सीता र पार्वतीले सँगै २५ किलोमिटरको साइकल दौड प्रतियोगिता पार गरेका थिए । सँगै फिनिसिंग लाइनमा पुगेको भएपनि सीताले बिना कुनै हिच्किचाहट आफ्नी बहिनीलाई पार्वतीलाई पहिलो बनाइन् । यी दिदिबहिनीको मित्रता देखेर दौड सुरुवात र अन्त्य भएको विपीचोकमा रहेका अन्यले पनि चाख मानेर हेरिरहेका थिए ।
नेपालगन्ज साइक्लिंग क्लबले आयोजना गरेको दोस्रो नेपालगन्ज मेयर कप साइकल दौड प्रतियोगितामा सहभागी भएका जुम्ल्याहा दिदिबिहिनीहरुलाई भेट्ने जतिले को फस्र्ट भयो ? भनेर सोध्दै थिए । सीता भने पार्वती तिर देखाउँदै भन्दैथिइन् ‘उ फस्र्ट भई म सेकेण्ड ।’
नेपालगन्ज उपमहानगरपालिकाकी उपप्रमुख उमा थापामगरले पनि यो कुरा थाहा पाएपछि दुबैलाई बधाई दिइन् अनि भनिन्, ‘ल तिमीहरुसँग म पनि एउटा फोटो खिच्छु ।’ बहिनीको खुशीमा दिदीको हर्ष देखेर होला उपप्रमुख मगरलाई पनि उनिहरुको मित्रता देखेर हर्षित बनाएको थियो ।
उपमहानगरपालिकाको वडा नं. १ मा रहेको धम्बोझी निवासी उपप्रमुख मगर र त्यही रहेको स्कुलमा रहेको धम्बोझी माविमा अध्ययन गर्ने दुई बहिनीबारे थाहा पाएर मगरले भन्दै थिइन, ‘हाम्रै स्कुलमा पढ्ने बहिनीहरु रहेछन् । दिदीबहिनी कस्तो मिल्ने रहेछन ।’
उपप्रमुख मगरले प्रतियोगिताको पुरस्कारका रुपमा राखिएको गियरवाला साइकल दुबै दिदीबहिनीलाई हस्तान्तरण गरिन् । साइकल समातेर उनीसँग केही मानिसहरुले फोटो पनि खिचे । पत्रकारहरुले फोटो पनि खिचे । फोटो खिचेर साइकल मोड्दै पार्वती भन्दै थिइन, ‘अब बिहान चढेर आएको साइकल कसरी लैजाने होला ?’
साइकल दौडमा तामाङ् प्रथम
शनिवार नेपालगन्जमा भएको नेपालगन्ज मेयर कप साइकल दौड प्रतियोगिताको दोस्रो संस्करणमा बुुद्धिबहादुुर तामाङ्ग प्रथम भएका छन् । उनले प्रोफेशनलतर्फ ५५ किलोमिटरको दुुरी १ घण्टा ५७ मिनेटमा पुरा गरेर प्रथम भएका हुन् ।
नेपालगन्ज उपमहानगरपालिकाले नेपालगन्ज साइक्लिङ क्लबको सहयोगमा आयोजना गरेको साइकल दौड प्रतियोगितामा हिक्मत बिक दोस्रो, अविनाश टेक बहादुुर बस्नेत तेस्रो भए । प्रतियोगितामा प्रोफेशनलतर्फ प्रथम, द्वितीय र तृतियलाई क्रमशः ३५ हजार, ३० हजार र २५ हजार बराबरको साइकल पुरस्कार दिइएको छ । नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल समशेर राणाले सिट्टी फुुकेर उद्घाटन गरेको प्रतियोगितामा साधारण र प्रोफेशनल गरी दुई बिधामा प्रतिस्पर्धा भएको थियो ।
साधारण विधातर्फ २५ किलोमिटरमा पुुरुषतर्फ जंगुु थारु प्रथम, जितेन्द्र चौहान दोस्रो र सुुमन चौधरी तेस्रो भए । महिलातर्फ पार्वती सार्की प्रथम, सिता सार्की दोस्रो र टिका खड्का तेस्रो भइन् । विजेताहरुलाई क्रमशः २५ हजार, २० हजार र १५ हजार बराबरको साइकल, ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो ।
प्रोफेशनल साइकल दौड वीपी चोक, कोहलपुर, च्यामा चोक, सम्झना चोक, खजुरा चोक, धम्बोजी हुँदै वीपी चोकसम्मको रुट तय गरिएको थियो । क्लबका सचिव गगन थापाका अनुसार, साधारण विधातर्फ २५ किलोमिटर र प्रोफेशनलतर्फ ५५ किलोमिटर साइकल दौड प्रतियोगिता समावेश गरिएको थियो । साधारण साइकल दौड विपी चोकबाट शुरु भई कोहलपुर पिपरी चोक पुगेर पुनः वीपी चोक पुगेको थियो । प्रतियोगितामा १ सय ३१ जना सहभागी भएका थिए ।
बिजेताहरुलाई नगर प्रमुख डा. राणा, उपमेयर उमा थापा मगर, क्षेत्रीय खेलकूद विकास समितिका अध्यक्ष भिम ओली, नेपालगन्ज साइक्लिङ्ग क्लबका अध्यक्ष केशरबहादुुर आलेले संयुक्त रुपमा पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका थिए । ‘प्रतियोगितामा आकर्षण बढ्दै गएको छ,’ नगर प्रमुख राणाले आगामी संस्करणमा सहभागी संख्या ५ सय पु¥याउने गरि तयारी गर्न आवश्यक रहेको धारणा राख्दै भने । क्षेत्रीय खेलकूद विकास समितिका अध्यक्ष ओलीले आसन्न आठौं राष्ट्रिय खेलकुदलाई मध्येनजर हरेक खेलका प्रतियोगितालाई मिसनका रुपमा लैजानुपर्ने बताए ।