नयाँ दिल्लीमा आयोजित सौन्दर्य प्रतियोगिता ‘ड्याजल मिस एण्ड मिसेज युनाइटेड नेसन्स २०२४’ मा मिस युनाइटेड नेसन ग्लोबलको उपाधि नेपालकी सब्बु महर्जनले जितेकी छन् ।
उपाधिका लागि विभिन्न मुलुकका सुन्दरीले प्रतिस्पर्धा गरेका थिए । सेप्टेम्बर २४ देखि २९ सम्म आयोजित प्रतियोगितामा उपाधि जितेपछि महर्जनले देशको नाम अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन सफल भएकोमा खुसी व्यक्त गरिन् ।
प्रतियोगिताको माध्यमबाट महिला शक्ति र उनीहरुमा रहेको प्रतिभालाई प्रस्तुत गर्न अवसर मिल्ने र आत्मविश्वास जगाउन सकिने उद्देश्य राखिएको छ ।