दोश्रो नेपालगन्ज फोटो फेस्टिबल अन्तर्गत आयोजना गरिएको फोटो प्रतियोगिताको विजेता घोषणा भएको छ । लुम्बिनी, कर्णाली र सुदुर पश्चिम प्रदेशका फोेटोहरु समाबेश हुन पाउने गरीे ६ बिधामा फाटो प्रतियोगिता भएको थियो ।

सस्कृति तथा पर्यटन, दैनिक जनजिवन, समाचार, नेपाल स्माईल , वन्यजन्तु तथा प्रकृति , खेलकुद र फोटो कथा गरि ७ विधामा करिब १ सय फोटोग्राफहरु बाट झण्डै ४ सय फोटोहरु प्राप्त भएको थियो ।
पत्रकार निशु जोशीको बर्दिया र कैलालीको बीचमा रहेको कर्णाली नदी तर्नका लागी संकटीघाटमा डुंगा ९स्टीमर० चढ्दै गरेको तस्बिरले यस बर्षको उत्कृष्ठ तस्बिर भएको छ । यसैगरी अमित रावलको कर्णाली प्रदेश प्रहरी तालिम केन्द्रमा भएको दीक्षान्त समारोहमा मुस्कुराईरहेको प्रहरी फोटोले नेपाल स्माईल बिधाको विजेता भएको छ भने बरम बुढामगरको धार्मिकस्थल झिमा बराहक्षेत्र तस्बिरले सस्कृति र पर्यटन विधामा विजेता बन्न सफल भएको छ ।
दैनिक जनजिवन बिधामा मैत्या घर्ती मगरको चिसो भुईंमा बसेर परीक्षा दिँदै महेन्द्र आधारभूत विद्यालयका विद्यार्थीहरूको तस्बिर बिजेता बन्दा विक्रम बुढाक्षेत्रीको फुटबल खेलको तस्बिर खेलकुद बिधामा बिजेता भएको छ ।
समाचार विधामा रामु वलीको फोटोले पुरस्कार जितेको छ । संस्कृति र पर्यटन विधामा बरा बुडामगरको फोटोले जितेका छ । वन्यजन्त पर्यावरण रोमीन चौधरीको फोटोले जितेको छ
प्रत्येक बिधाको उत्कृष्ठ फोटोलाई नगद ५ हजार र प्रतियोगिताको सर्वोकृष्ट फोटोलाई नगद २५ हजार पुरस्कार प्रदान गरिने दोश्रो नेपालगंज फोटो फेस्टिबलको आयोजक अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले बताउनु भयो ।
फोटो पत्रकार क्लबका अध्यक्ष विकास कार्कीको अध्यक्षता भएको निर्णायक मण्डलले बिजेता सहित उत्कृष्ठ १ सय २ तस्बिरहरुको छनौट गरेको हो । उक्त उत्कृष्ठ तस्बिरहरुको प्रर्दशनी पनि आजै सकिएको छ ।
रिजाललाई सम्मान
फोटोग्राफीलाई उद्योगका रुपमा विकास गर्दै जीवन्त राखेका सामाजिक अगुवा तथा उद्यमी मधुसुदन शर्मा रिजाललाई नेपालगन्जमा बुधवार विशेष सम्मान गरिएको छ ।
नेपालगन्ज फोटो फेष्टिवलले फोटोग्राफी क्षेत्रको विकासमा योगदान पु¥याए वापत रिजाललाई सम्मान गरेको हो । नेपालगन्ज उपमहानगरपालिकाका नगरप्रमुख डा. धवल शम्शेर राणा, उपप्रमुख उमा थापामगर र अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले सम्मान पत्र दोसल्लाले सम्मान गरे ।

रिजाल २०४५ सालमा नेपालगन्जमा कलर ल्याब स्थापना गरेर फोटो धुलाईमा सर्वसाधारणको पहुँच सहज बनाएका उद्यमी रिजालले फोटोग्राफीलाई उद्यमका रुपमा विकास गर्न योगदान दिएका थिए । ‘त्यस अघि नेपालगन्जमा रंगीन फोटो धुलाई सम्भव थिएन,’ सम्मानित भएपछि बोल्दै रिजालले फोटो सम्वन्धि काम पनि व्यवसाय हुन सक्छ र भन्ने अवस्थामा आफु यो क्षेत्रमा हात हालेको बताए । ‘आज यो सम्मानवाट म खुशी छु,’ रिजालले भने ।