बाँकेको खजुरा गाउँपालिकाले आफ्नो गाउँसभाको १२ औं अधिवेशन सम्पन्न गरेको छ । आइतबार देखि सुरुभएको गाउँपालिकाको हिउँदे अधिवेसन शुक्रबार सकिएको हो ।
खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर विकको सभाध्यक्षमा भएको कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष मन्जु मल्लले चालु आर्थिक वर्षको निति, कार्यक्रम तथा बजेट समिक्षा बक्तव्य प्रस्तुत गरेकी थिइन । सभाले कार्यक्रमहरु संसोधन सहित पारित गरेको छ । खजुराले नगर प्रहरी सम्बन्धी विधेयक २०७९ पारित गरेको हो ।
सभामा पेश भएको खजुरा गाउँपालिकाको साझेदारीमा कार्यक्रम संचालन तथा व्यवस्थापन गर्ने सम्बन्धि विधेयक २०७९ पारित गरिएको हो । त्यस्तै सभामा पेस भएको खजुरा गाउँपालिकाको खानेपानि तथा तथा सरसफाई स्वच्छता सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक २०७९ पारित भएको छ ।
सभामा संसोधनका लागि पेस भएको स्वास्थ्य तथा सरसफाई ऐन २०७८ को परिच्छेद ४ को दफा १० संसोधन भएको छ । खजुरा गाउँपालिकाको न्यायिक उजुरी कारबाहि र किनारा गर्दा अपनाउनुपर्ने कार्यविधिको सम्बन्धमा बनेको ऐन २०७४ का केहि बुँदाहरु संसोधन संसोधन प्रस्ताव भएकोमा पारित भएको छ ।
राजश्वको बुँदाहरु थप र संसोधन प्रस्ताव भएअनुरुप सभाले पास गरेको हो । सभाले आइतबार नै गाउँपालिकाको नगर प्रहरी विधेयक २०७९, खजुरा गाउँपालिकाको खानेपानी तथा सरसफाई र स्वच्छता सक्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक २०७९, खजुरा गाउँपालिकाको साझेदारीमा कार्यक्रम सञ्चालन तथा व्यवस्थापन गर्ने सम्बन्धि विधेयक २०७९, स्वास्थ्य तथा सरसफाई ऐन २०७८ को परिच्छेद ४ को दफा १०(१)ख सहायक/अधिकृत/ ५/६ तह (स्वा.प.न.\ज.नं) १ जनाको भन्नेमा सहायक हटाई अधिकृत मात्र उल्लेख गर्ने र ५/६ को ठाउँमा ६ कायम गर्ने प्रस्ताव पारित गरिसकेको थियो ।
उपदफा २ मा गाउँपालिका स्वास्थ्य शाखा हेर्ने गाउँपालिका अन्तर्गत कार्यरत हेल्थ इन्स्पेक्सन समुह मध्येबाट भन्ने शब्दको सट्टामा स्वास्थ्यकर्मी मध्यबाट कार्य जेष्ठताको आधारमा कार्यपालिकाले तोकेको १ जना स्वास्थ्य शाखा प्रमुख रहने गरि प्रस्तुत विधेयक आइतबार भएको सभाले पास गरेको खजुरा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नृपराज उपाध्यायले जानकारी दिए ।
सभामा आर्थिक विकास समितिका संयोजक तथा वडा नम्बर ५ का वडाध्यक्ष गरिबे शेषले आइतबार प्रस्तुत गरिएको रकमान्तर तथा संशोधन हुने शिर्षकहरुमा शुक्रबार भएको सभामा सम्सोधन सहित कार्यक्रमहरु पारित गरिएको छ ।