आसन्न मंसिर ४ गतेको निर्वाचन नजिक्दै गर्दा पार्टीगत र स्वतन्त्र उम्मेदवारहरु मतदाताहरुको घरदैलोमा जाने क्रम बढेको छ । त्यस क्रममा बाँके क्षेत्र नं. ३ संघीय सांसद पदका स्वतन्त्र उम्मेदवार दिवाकर शर्मा खनाल मतदातालाई भेट्दै घरदैलोमा लागेका छन् ।
त्यसक्रममा उम्मेदवार खनालले बेतहनी, डुडुवा खोला पारीका बाबागाँउ, दासपुर्वा, खडैचा, पिररहवा लगायता गाँउमा घरदैलो गरेको बताए । ‘गाउँका मतदाताले खुलेर समर्थन गरेका छन्,’ खनालले दैनिक नेपालगन्जसँग भने, ‘मैले उठाएका एजेण्डामा सहमती जनाएका मतदाताले मलाई उत्साह थपेका छन् ।’
खनाल संगै बाँकेको क्षेत्र नंं. २ प्रदेशसभा सदस्यका स्वतन्त्र उम्मेदवार राजकुमार रौनियार घरदैलोमा सक्रिय रहेको उनीहरुको प्रचार सचिवालयले जनाएको छ ।