तीजको रमझममा अखिल नेपाल महिला संघ (क्रान्तिकारी) नेपालगन्ज उपमहानगर कमिटिले भने रक्तदान जीवनदान उद्देश्यका साथ शनिवार ‘तीज मिलन तथा रक्तदान कार्यक्रम’ गरेको छ ।
संघका अध्यक्ष मीना डांगीका अनुसार, महिला पुरुष गरी ४२ रक्तदान गरेका छन् । ‘तीज भनेको विकृति विसंगतिमात्रै होइन, यसलाई मानवीय हितमा पनि उपयोग गर्न सकिन्छ भन्ने सन्देश दिन रक्तदान पनि सँगै आयोजना गरिएको हो,’ अध्यक्ष डाँगीले भनिन् ।
अखिल नेपाल महिला संघ (क्रान्तिकारी) नेपालगन्ज उपमहानगर कमिटिका अध्यक्ष मीना डाँगीको अध्यक्षतामा, प्रमुख अतिथि नेकपा माओबादी केन्द्र केन्द्रिय सदस्य अञ्जना चौधरीले प्रादेशिक रक्त संचार सेवा केन्द्रका प्रमख उपेन्द्र रेग्मीलाई रगत निकाल्ने पकेट हस्तानतरण गरेर कार्यक्रमको उद्घाटन गरेका थिए ।
यसरी रक्तदान गर्नेहरुमा खजुरा गाउँपालिका अध्यक्ष डम्बर बहादुर बिक तुफान, पिन्टु केवट, अखिल नेपाल महिला संघ (क्रान्तिकारी) नेपालगन्ज उपमहानगर कमिटि अध्यक्ष मीना डाँगी, उपाध्यक्ष मञ्जु ज्ञवाली छन् ।
त्यस्तै, प्रेम बहादुर शाह, मुना हमाल, प्रदीप छिनाल, अक्कल बहादुर बम, प्रदीप कुमार श्रेष्ठ, हेमन्त अधिकारी, गौरब खडका, मर्मजंग बम, सपना कुँवर योगी, धर्मराज बडुवाल, चिरञ्जीवी ओलीले रक्तदान गरे ।
कार्यक्रममा पदम श्रेष्ठ, बिनोद कुमार उप्रेती, भक्त बहादुर बिक, नेत्रलाल घर्तीमगर, कमला ओलीक्षेत्री, कलिमिया कस्मिरा, योगेश चन्द्र उपाध्याय, सुमन राना मगर, गोकुल भण्डारी, मदनराज खत्री, मीरा खनाल, अनिल शर्मा, उत्तम चौधरी, हिरेन्द्र बहादुर बिक, नगेन्द्र सिंह ठकुरी, राजेन्द्र सिंह, बिष्णु कनौजिया, राम केसी, मीना बुढा, हेमन्त सापकोटा, चन्द्र प्रकाश चौधरी, श्याम कुमार चौधरी, पूर्ण चौधरी, सनील चौधरी, रोशन चौधरी, अशोक चौधरी लगायतले रक्तदान गरेका छन् ।
कसो कार्यक्रममा प्राविधिकमा सहयोग गर्ने, रक्तदाताहरुलाई प्रमाण–पत्र प्रदान गरिएको थियो । रक्तदानमा प्रादेशिक रक्त संचार सेवा केन्द्रका प्रमख उपेन्द्र रेग्मी, सन्दिप आचार्य, सुनील पुलामी, रुकमणि चौधरी, बीरेन्द्र योगी, केशर सिंह डाँगी लगायतले प्राविधिकमा सहयोग गरेका थिए ।
सचिव ईश्वरी रावतद्वारा सञ्चालित कार्यक्रममा स्वागत मन्तव्य अखिल नेपाल महिला संघ (क्रान्तिकारी) नेपालगन्ज उपमहानगर कमिटि उपाध्यक्ष मञ्जु ज्ञवाली, केन्द्रिय सदस्य अतहर हुसेन फारुकी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
यसरी कार्यक्रममा सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष दिपेन्द्र जोशी, नगर ईन्चार्ज मन्दिरा पाण्डे, प्रदेश सदस्य नबीन शर्मा, लुम्बिनी प्रदेशका सह सचिव अक्कल बहादुर बम लगायत उपस्थिति थिए ।