झण्डै सात वर्षपछि प्रेस चौतारी नेपाल बाँकेको जिल्ला अधिवेशन हुने भएको छ । चौतारीको शनिवारको बैठकले ९ औं जिल्ला अधिवेशन यसै पुस २८ गते गर्ने निर्णय गरेको हो ।

सचिव कमल डांगीका अनुसार, जिल्ला अध्यक्ष हेमन्त विकको अध्यक्षतामा शनिबार नेपालगन्जमा बसेको बैठकले जिल्ला अधिवेशनको मिति तय गरेको हो । आगामी नेतृत्व चयनसमेत गर्ने गरि हुन लागेको चौतारीको अधिवेशनका लागि बैठकले सदस्यहरुको नविकरण गराईसक्नुपर्ने निर्णय गरेको सचिव डांगीको भनाइ छ ।
बैठकमा प्रेस चौतारी नेपालका केन्द्रीय सदस्यहरु रुद्र सुवेदी, गोविन्द शर्मा, भेषराज बस्नेत, ठाकुरसिंह थारु, रुपा गहतराज, केन्द्रीय सल्लाहकार शिव डोटेल, डिल्ली बिसी, अछरी पोखरेल लगायतले विभिन्न सल्लाह र सुझाव दिएका थिए ।
बैठकका क्रममा प्रेस चौतारी बाँकेले नेकपा एमालेका नव निर्वाचित केन्द्रीय सदस्यहरुको स्वागत तथा सम्मान गरेको जनाएको छ । सम्मान कार्यक्रमका लागि केन्द्रीय सदस्य मो. हारुन, शान्ति ढकाल, दिपा शर्मा, पशुपतिदयाल मिश्रा लगायत कार्यक्रममा सहभागी रहेको चौतारीले जनाएको छ ।