औषधी व्यबसायको विकास

नेपालमा औषधी व्यबसाय विभिन्न तरिकाले परारम्भ र विकास भएको भेटिएका छन । नेपालमा औषधीको व्यबसाय लिच्छिवि कालबाट शुरू भएको ईतिहासमा पाईन्छ । लिच्छिवि कालमा अंशु वर्माको आरोग्यशाला स्थापना भएको थियोभन्ने पाईन्छ । त्यसपछि सन १६४१ ताका भएको र पछि सोहीलाई सिंह दरवार वैद्यखानामा रुपान्तरण गरिएको पान्छ । सन १८१६ को सुघौली संधि पछि नेपालमा बस्ने वेलायती नागरिकहरूको लागि बेलायती राजदुताबासमा सानो अस्पताल राखिएको थियो ।

नेपालमा आधुनिक स्वास्थ्य उपचारको प्रारम्भ तत्कालिन भारत र गोवामा सक्रिय इसाई मिसनरीहरू नेपाल भएर चीन, तिव्वत तर्फ ओहोर-दोहोर गर्ने सिलसिलामा चौधौं शताव्दी तिर मल्ल राजा र तिनका दरवारमा एलोपैथिक उपचारको सेवा पुर्‍याउने गर्दथे भनेर उल्लेख भएको पाईन्छ । तर सर्वसाधारणलाई यसको सुईको सम्म पनि अवगत हुदैन्थ्यो । नेपालमा ब्रिटिश रेसिडेन्सी स्थापना भएपछि आधुनिक स्वास्थ्य उपचार आरम्भ भएता पनि जनतालाई उपलब्ध थिएन । त्यस्तै जंग बहादुरको वगैचामा सानो प्रयोगशाला पनि थियो जहाँ गोप्य तरिकाले बहुमुल्य सामाग्री प्रयोग गरेर औषधी तयार गरिन्थ्यो । त्यो औषधीको प्रयोग आफ्नो परिवार जनलाई मात्र प्रयोग गर्दथे ।

राणा प्रधान मन्त्री बीर शम्सेरले सन १८८९ जुलाईमा वीर डिस्पेन्सरीको विधिवत स्थापना गरेर आधुनिक स्वास्थ्य प्रणालीको उपचारको शुरूवात भएको थियो ।त्यही वीर डिस्पेन्सरीलाई १८९० वीर अस्पतालमा परिनत गरियो । त्यसपछि वीर अस्पतालको स्थापना पश्‍चात विस्तारै औषधि व्यबसाय पनि आरम्भ भएको मानिन्छ । अहिलेको जस्तो बोलत, स्ट्रीप, एम्पुलहरू आउदैन थियो पाउडर झोल मिसाएर केमिकलहरूको समिश्रणगरी कम्पाउण्डहरूबाट पुरिया बनाएर चिकित्सको राय अनुसार औषधी वितरण गरिन्थ्यो यसरी प्रारम्भ भएको औषधी बिस्तारै व्यबसायको रूपमा विस्तार तथा विकास हुदै गएको पाईन्छ । हाम्रो मुलुकमा जडिबुटी र परम्परागत धामी झाक्री आदि प्रचलनमा रहेता पनि आधुनिक स्वास्थ्य उपचार तुलनात्मक रूपमा निकै पछि विस्तार भएको पाईन्छ ।

औषधी व्यबसायीको लागि अग्रेजी पढेकाले मात्र गर्न सक्ने हुँदा त्यस्तो ब्यक्तित्वनेपालमान्यून मात्रामा हुने हुँदा औषधी व्यबसायमा संलग्नता सिमित व्यक्तीका पहुचमा सिमित ठाँउमा यो व्यबसाय शुरु हुन पुग्यो । औषधी व्यबसाय एक सम्बेदनसिल व्यबसाय हो त्यसैले यो व्यबसाय अन्य ब्यबसाय भन्दा भिन्न फरक छ । यो विरामी संग प्रत्यक्ष सरोकार राख्ने जिवन मरणको सवाल हुन्छ । चिकित्सकको प्रिस्केप्शन अग्रेजीमा , औषधिको नाम अग्रजीमा हुने हुँदा अग्रेजी पढने र अग्रेजी जान्नेले मात्र यो ब्यवसाय गर्नु पर्ने बाध्यता थियो । भने आज मुलुकमा पढेका व्यक्तिहरुको  उत्पादन हुँदा २८ हजार औषधि व्यवसायी व्कार्यरत छन् ।

यसै व्यवसायलाई निरन्तरता दिन र संगठित गर्नको लागि यो व्यबसाय २०३० सालमा हाम्रा औषधि व्यवसायी अग्रजहरूले २०३० साल असाढ १०गते यो संघ दर्ता भई त्यही दिनलाई औषधी व्यबसायी संघ स्थापना दिवसको रूपमा मनाईन थालियो । यस दिन व्यबसायीले विभिन्न कार्यक्रमहरू व्लड डोनेसन , विचार गोष्ठी , स्वास्थ्य सिविर , फलफुल वितरण आदि ईत्यादि गरी मनाउन थालियो ।   यसरी औषधि संघको स्थापना भएपछि यो संघ नेपालको दोस्रो संघमा स्थापित भयो । पहिलो नेपाल उद्योग वाणिज्य संघ , दोस्रो औषधि व्यबसायी संघ हो ।

       औषधि व्यबसायलाई संगठित , व्यबस्थित र मर्‍यादित वनाउदै पेशागत हकहितका लागि यस संघको स्थापना गरिएको हो । हाम्रो मुख्य लक्ष्य सर्वसुलभ, सहज  , गुणस्तरयुक्त औषधि साथै मुल्यमा एकरूपता कायम गर्दै देशको सम्पूर्ण भू-भागमा उपलब्ध गराई सक्दो सहयोग गर्ने संघको उद्देश्य हो । सरकार नपुगेका ठाउँमा, अस्पताल धेरै ठुलो कुरा हो  हेल्थपोष्ट नभएको ठाँउमा देशका कुना काप्चामा बषै देखि हामी व्यबसायीले नै सेवा दिदै आएका कुरा सर्व बिधित नै छ । रात दिन नभनी सेवा उपलब्ध गराउदै आएका छन ।

       औषधि व्यबसायी संघ २०३० सालमा स्थापना भएको हो भने औषधी ऐन २०३५ सालमा बन्यो भने औषधि व्यबस्था विभाग २०३६ सालमा स्थापना भएको हो । यसरी हाम्रो संघ औषधि व्यबस्था बिभाग भन्दा पनि जेठो रहेको संघ आज संगठित ब्यबस्थित र मर्‍यादित संघको  रूपमा स्थापित भएको छ ।     यस संघले नेपालमा पटक-पटक प्राकृतिक प्रकोप भएको बेला २०७२ साल बैशाख १२ गते भुकम्प आएको र १३ गते देखि नै ब्यबसायीले सेवा दिदै आएका छन ।

अहिले कोरोना कोबिड-१९ बाट देश लगडाउन अन्य समस्याहरूबाट गुज्रिएको बेलामा पनि औषधि व्यबायीले निरन्तर रात दिन पसल खोलेर सरकार जनतालाई आफ्नो संक्रमणको प्रवाह नगरी कुना काप्चामा सेवा दिदै आएका छौं तर हाम्रो व्यबसायलाई सरकारले गर्नु पर्ने दायित्वहरू पूर्णरूपमा निर्वाह गरेको देखिदैन । औषधी व्यवसायी प्रत्येक्ष विरामी संग सम्पर्क हुन पर्ने लाई भ्याक्सीन लगाउने प्राथमितामा परेका छैनौ । नाफा मुलक व्यवसायी र औषधी व्यवसायीलाई संगै दाजेर हेर्ने दृष्टी फरक हुन प¥यो भन्ने औषधी व्यवसायीहरुको मान्यता छ ।यसै स्थापना दिवसको उपलक्ष्यमा हाम्रो संघ प्रती सरकारले हाम्रा निश्‍चित मागहरू पुरा गर्ने छ भनि आशा राख्दछौं । (नेपाल औषधि व्यबसायी संघ भेरी अञ्चल शाखाकी पूर्व अध्यक्ष भारती जोशी पूर्व केन्द्रीय सदस्यको जिम्मेवारी पनि सम्हालिसकेकी छन्)

प्रतिक्रिया

प्रतिक्रिया