बाँके क्षेत्र नं. ३ ख का लुम्बिनी प्रदेश सांसद बाबुराम गौतम विकास निर्माणमा अग्रसर देखिएका छन् । कोभिड नियन्त्रण तथा व्यवस्थापनमा नीतिगत तहबाट पहल गरेका गौतम आफ्नो निर्वाचन क्षेत्रको विकासमा अग्रसर देखिएका हुन् ।
खजुरा गाउँपालिका, जानकी गाउँपालिका र नेपालगन्ज उपमहानगरपालिकाको वडा नं. १७ जैसपुर साँसद गौतमको निर्वाचन क्षेत्रमा पर्छ । ती तीनवटै ठाउँमा आवश्यकताको आधारमा योजनालाई प्राथमिकीकरण गरेर विकासको काम अगाडि बढाएको उनी बताउँछन् ।
साँसद गौतमले आफ्नो निर्वाचन क्षेत्रमा सडक, पुल, सिँचाइ, खानेपानी, विद्यालय भवन, तरकारी खेती, बाख्रा, माछा, गाई भैंसी पालनमा कार्यक्रम ल्याएको बताए । त्यस्तै जानकी गाउँपालिकामा निशुल्क आँखा र पाठेघरको अप्रेसन गरेको, ताल तलैयाको संरक्षण, खेलकुद मैदान, मन्दिर, मस्जिद निर्माण जस्ता सामाजिक तथा धार्मिक काम पनि सांसद गौतमले गरेको त्यहाँका बासिन्दाहरु बताउँछन् ।
यसरी प्रदेश सांसद गौतमले आफ्नो निर्वाचन क्षेत्रमा ४५ करोड बढी बजेट परिचालन गरेको बताए । उनले आफ्नो निर्वाचन क्षेत्रमा निर्माण भएका संरचनामा यो आर्थिक वर्षमा ५० प्रतिशत बढी कार्यप्रगती भएको जानकारी दिए । उनका अनुसार, रामपुरे डाडा शिपुरी पुल, परस्पुर–गौघाट, छत्रेश्वर जानकी गाउँपालिका जोड्न पुल इ गाउँ, पेडारी नाला पुल, जलपोखरी–शिपुरी इमलीनाला, बढैयागाउँ सिपुरी जोड्ने पुल, सितापुरमा खेलकुद मैदान, गुरुवा गाउँ तलाउ, खजुरा वडा नं ४ को गाउँपालिका निजिक रहेको तलाउ संरक्षण जस्ता योजना संचालनमा छन् ।
त्यस्तै धनौली चौकी– गौघाट सडक, बेलभर– सैनिक, साइगाउँ –सहादतपुर, परस्पर – साइगाउँ, खजुराखुर्द– लैनपुर, बेलभार– बढैयागाउँ, जानकीनगर, पार्वतीपुर– शादतपुर, चुच्चे डाडालगायत सडक, स्कुल भबन, खजुरामा ५ र जानकीमा एउटा समर्सेल सिंचाइ करीब आफ्नो निर्वाचन क्षेत्रमा रहेको सबै जसो खानेपानी योजनामा बजेट पारेको प्रदेश सभा सदस्य गौतमले बताए ।