पत्रकारहरुको छाता संस्था, नेपाल पत्रकार महासंघ बाँके शाखाले एम्बुलेन्स खरिद गर्ने भएको छ । महासंघको शुक्रवार बसेको बैठकले एम्बुलेन्स खरिदको निर्णय गरेको हो ।
शाखा सचिव कमल डाँगीका अनुसार, अध्यक्ष दामोदर भण्डारीको अध्यक्षतामा बसेको बैठकले कोरोना भाइरस महामारीले बाँकेका पत्रकारलाई पारेको समस्या र समाधानका लागि भएका कामहरुको समिक्षा गर्दै उल्लेखित निर्णयहरु गरेको हो ।
कोरोना महामारीलाई मध्यनजर राख्दै नेपाल पत्रकार महासंघ बाँके शाखाद्वारा पत्रकार तथा आमनागरिकलाई सर्वशुलभ रुपमा सेवा प्रदान गर्न एम्बुलेन्स खरिद गर्ने निर्णय गरिएको छ, सचिव डाँगीले बैठकपछि विज्ञप्तिमार्फत जानकारी दिंदै भनेका छन्, मुनाफारहित सेवाभावले खरिद गर्न लागिएको एम्बुलेन्सको आर्थिक व्यवस्थापनका लागि उपाध्यक्ष संगीन शर्माको संयोजकत्वमा सात सदस्यीय ‘आर्थिक सहयोग संकलन समिति’ गठन गरिएको छ ।
महासंघले एम्बुलेन्स खरिदका लागि आर्थिक सहयोग गर्न सम्पूर्ण पत्रकार, सञ्चारगृह, उद्योगी, व्यवसायी, समाजसेवी, सरकारी/गैरसरकारी निकाय सबैलाई नेपाल पत्रकार महासंघ बाँके शाखा सार्वजनिक रुपमा आव्हान गरेको छ । महासंघले यसअघि बाँकेका पत्रकारहरुलाई निःशुल्क स्वास्थ्य उपचार तथा परामर्शका लागि डा.सुभाष योगीसँग सम्झौता गरेको थियो ।

पत्रकारको उपचार घरमैंः महासंघ