७७ साल ७७ जिल्ला अभियानमा जरोकिलो

७७ साल ७७ जिल्ला अभियान अन्तर्गत मौलिक जरोकिलो पार्टीले लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा सत्संगहरु आयोजना गरेको जनाएको छ । दाङ्गबाट सुरु भएको सत्संग रोल्पा, रुकुम, प्युठान, अर्धाखाँची, गुल्मी, पाल्पा र्हुँदै नवलपरासी सम्म सत्संग आयोजना गरिने सत्संग आयोजक समितिका संयोजक प्रकाश श्रेष्ठले जानकारी दिनुभयो । 

पार्टीका केन्द्रीय अध्यक्ष सुशील गौतमले रोल्पाको होलेरीमा सम्बोधन गर्नुहुँदै विगतमा दशवर्ष लामो सशस्त्र द्वन्द्वको उद्गम स्थलको रुपमा रहेको होलेरीबाटै अब सहृदयताको सन्देश प्रवाह हुने बताउनुभयो । नेपालमा विभिन्न समयमा विभिन्न आयातित वाद तथा सिद्धान्तहरुको प्रयोग भएको उल्लेख गर्नुहुँदै नेपालमा वास्तविक क्रान्ति ल्याउनको लागि मौलिकतामा आधारित पुनर्जागरणको आवश्यकता रहेकोमा गौतमले जोड दिनुभयो । जिल्ला सत्संग अभियानमा मौलिक जरोकिलो पार्टीले अवलम्बन गरेको राज्यराष्ट्र पुस्तकको परिचर्चा तथा वितरण पनि गरिएको उपमहासचिव मित्रलाल शर्माले बताउनुभयो ।

स्मरणीय छ मौलिक जरोकिलो पार्टीले विज्ञानको बुद्धि, प्रविधिको प्रगति, धर्मको विवेक र सहृदयताको सम्बन्धलाई आधारशीला मान्दै सहृदयता दर्शन, राज्यराष्ट्र सिद्धान्त, स्थितिगत्यात्मक प्रगतिवाद र सहृदयता अर्थतन्त्र अवलम्बन गरेको छ । पार्टीको संगठन विभाग सदस्य प्रकाश श्रेष्ठको संयोजकत्वमा आयोजित लुम्बिनी जिल्ला सत्संग अभियानमा पार्टीका अध्यक्ष सुशील गौतमका साथै पार्टीका उपमहासचिव मित्रलाल शर्मा, संगीन श्रेष्ठ, सुरेश चौधरी र मनोज श्रेष्ठ सहभागी हुनुहुन्छ ।

प्रतिक्रिया

प्रतिक्रिया