नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेपालगन्ज उपमहानगरपालिका कमिटीले भेरी अस्पताललाई संकटका बेला सहयोग हस्तान्तरण गरेको छ ।
विहीवार नेकपा नगर कमिटीले औपचारिक कार्यक्रम गरि भेरीको कोविड –१९ आइसोलेसन अस्पताललाई ४१ थान पल्स अक्सिमिटर प्रदान गरेको हो । नगर कमिटी सचिव दत्त प्रसाद आचार्यले १ लाख २५ हजार मुल्य बराबरको स्वास्थ्य सामाग्री प्रदान गरिएको जानकारी दिए ।
नेकपा नेपालगन्ज नगर कमिटी अध्यक्ष डिल्ली प्रसाद बरालको अध्यक्षतामा भएको कार्यक्रममा नगर कमिटी इन्चार्ज अक्कल बहादुर बम, सचिव दत्तप्रसाद आचार्य लगायतका नगर कमिटी सदस्यहरुले भेरी अस्पताल बिकास समिति अध्यक्ष प्रमोद धिताल लगायत समितिका पदाधिकारी, भेरी अस्पतालका मेसु डा.प्रकाश थापा, आइसोलेसन संयोजक डा.श्यामसुन्दर यादवलाई हस्तान्तरण गरिएको हो । पार्टीका शुभेच्छुक, नेता तथा कार्यकर्ताहरुबाट प्राप्त सहयोगबाट अस्पताललाई उक्त सामाग्री प्रदान गरिएको नगर सचिव आचार्यले बताए ।