बस्याललाई ‘युथ कमाण्ड’


कुस्माखर बस्याल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सम्बद्ध युवाहरुको जिल्ला नेतृत्व कुस्माखर बस्यालले गर्ने भएका छन् । युवा संघ बाँकेका तत्कालिन जिल्ला सचिव बस्याललाई संयोजक र वाइसिएलका तत्कालिन सचिव आकाश घर्ती रहने गरि राष्ट्रिय युवा संघ बाँके बनाइएको हो ।


आकाश घर्ती

युवा संघका तत्कालिन अध्यक्ष किशोर थापा केन्द्रीय समितिमा परेपछि १५ वर्षदेखि पार्टी सम्बद्ध राजनीतिमा सक्रिय बस्यालले बाँकेको युवा संघ नेतृत्वको अवसर पाएका हुन् ।
बाँकेसँगै राष्ट्रिय युवासंघले पार्टी एकताका आधारका रुपमा रहका युवा संगठनसमेतलाई बुधवार देशका ७७ वटै जिल्लामा एउटै संगठन बनाउन सफल भएको हो ।

प्रतिक्रिया

प्रतिक्रिया