काँग्रेसले भन्यो, ‘राष्ट्रियता कमजोर’

नेपाली कांग्रेसले यतिबेलाको राष्ट्रियता कमजोर रहेको धारणा बनाएको छ । उक्त पार्टीका केन्द्रीय सदस्य सदस्य डा. शेखर कोइरालाले मुलुकको राष्ट्रियता कमजोर अवस्थामा रहेको भन्दै विदेशी शक्तिको चलखेल बढेको धारणा पार्टीले बनाएको बताए ।


शनिवार बाँकेको कोहलपुरमा पार्टीको कोहलपुर नगर कार्यसमितिले आयोजना गरेको भेलामा डा.कोइरालाले विदेशी शक्तिहरुले विभिन्न गतिविधिहरु गरिरहेको भन्दै देशको राष्ट्रियता खतरामा रहेको धारणा व्यक्त गरे ।


नेता डा. कोइरालाले राष्ट्रियता, लोकतन्त्र र समाजवादको सिद्वान्तलाई सबैले आत्मसात गर्नुपर्ने भन्दै राष्ट्रियताको संरक्षणका लागि कांग्रेस सबैसँग सहकार्य गर्न तयार रहेको बताए । सरकारको आलोचना गर्दै कोइरालाले जनताका पक्षमा काम गर्न नसेको आरोप लगाए ।
अर्का नेता, केन्द्रीय सदस्य धनराज गुरुङ्गले नेपालबाट भ्रष्टाचारलाई अन्त्य नगरेसम्म देशमा समृद्वि नआउने धारणा राखे । सरकारको आलोचना गरेका गुरुङले वर्तमान सरकारले भ्रष्टाचारलाई प्राथमिकता दिइरहेको आरोप लगाउँदै वर्तमान सरकारले देशमा शान्ति, सुशासन कार्यम गर्न नसकेको टिप्पणी गरे ।


काँग्रेसले सरकार विरुद्ध सडक र सदनबाट प्रतिकार गर्ने नेताहरुले बताए । नेपाली काँग्रेस कोहलपुर नगर कार्य समितिका सभापति बलाराम शर्माको सभापतित्वमा भएको कार्यक्रममा बाँके काँग्रेसकी सभापति किरण कोइरालाले पनि बोलेकी थिइन् ।

प्रतिक्रिया

प्रतिक्रिया